मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
काठमाडाैं | फागुन २०, २०८०
पुष्पकमल दाहाल प्रचण्ड सरकारबाट नेकपा एमाले बाहिरिने निर्णय गरेको एक वर्षपछि त्यस्तै प्रकृतिका घटनाक्रम अगाडि बढेका छन् । सत्ता गठबन्धनमा गम्भीर संकट उत्पन्न भएको संकेतका रूपमा ती घटनाक्रमलाई जोडेर विश्लेषण सुरु भएको छ ।
२०७९ फागुन १४ गते प्रचण्डले संयुक्त राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन जान लागेकी तत्कालीन परराष्ट्रमन्त्री विमला राई पौड्याललाई विमानस्थलबाटै फिर्ता बोलाएका थिए । विदेश जान विमानस्थल पुगेकी मन्त्रीलाई फिर्ता बोलाएपछि नेकपा एमाले सचिवालय बैठकले प्रचण्ड सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
ठिक एक वर्षपछि प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री एनपी साउदको भ्रमण स्थगित गरिदिएका छन् । फिनल्यान्डमा हुने कार्यक्रममा सहभागी हुन साउद सोमवार त्यसतर्फ जाने कार्यक्रम थियो । प्रधानमन्त्रीको निर्देशनकै कारण साउदको भ्रमण स्थगित भएको परराष्ट्र स्रोतले लोकान्तरसँग बतायो ।
प्रधानमन्त्री प्रचण्ड कानून मन्त्री धनराज गुरुङसँग पनि फायर भएका छन् । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिबाट सोमवार नै पारित गर्ने गरी दलका शीर्ष नेताबिच बिहान छलफल भएको थियो । तर, मन्त्री गुरुङले सरकारको तर्फबाट समय माग गरेपछि प्रचण्ड फायर भएका हुन् । ‘लामो समयदेखि असहमति प्रकट गर्दै आएको नेकपा एमाले समेत सहमत भएको विषयमा प्रतिपक्षी दलले सहमतिमा आएको बेला मन्त्रीले समय माग गरेकोमा प्रधानमन्त्री असन्तुष्ट हुनुहुन्छ’ माओवादी स्रोतले लोकान्तरसँग भन्यो ।
मन्त्री गुरुङको भूमिकाले शान्ति प्रक्रिया पूरा गर्ने सम्बन्धमा कांग्रेसकै नेताप्रति आशंका जन्माएको माओवादी नेताले आशंका गरेका छन् ।
प्रचण्ड–ओली एकै दिनको दोस्रो भेट
राष्ट्रियसभा अध्यक्षको उम्मेदवारलाई लिएर गठबन्धनमा खटपट परिरहेको समयमा प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार दुइपटक भेट गरे । बिहान एक घण्टा कुराकानी गरेका प्रचण्डले साझ झण्डै सवा घण्टा भेटवार्ता गरे ।
साँझको भेटमा महासचिव शंकर पोखरेल समेत सहभागी भएका थिए । ‘संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउने कुरा गरेपछि विषय त्यत्तिमा सीमित रहेको छैन, अन्य विषयमा पनि कुराकानी भएका छन्’ माओवादी स्रोतले लोकान्तरसँग भन्यो ।
तिक्ततापूर्ण सम्बन्ध सुधार गरेर प्रचण्ड र ओलीले सहकार्यको खाका समेत तयार गरेका छन् । प्रचण्डसँगको कुराकानी सकारात्मक भएकै कारण ओली प्रचण्डकी छोरी मेयर रहेको भरतपुर महानगरले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए ।
सोही दिन ओलीले काठमाडौँमा आयोजित कार्यक्रममा सरकारलाई सुनाउनु पर्ने कुरा भए आफूलाई भन्न आग्रह गरेका थिए । आइतबार प्रचण्डसँगको दोस्रो भेटअघि एक कार्यक्रममा ओलीले आफूहरूको ध्यान मिसन ०८४ मा भए पनि त्यो भन्दा अगाडि पनि अस्थायी प्रबन्धमा सहभागी हुन सक्ने बताएका थिए । अर्थात् उनले एमाले सत्तामा जान सक्ने आशय व्यक्त गरेका थिए ।
पौडेल, वर्षमान र रविको भेट
बालुवाटारमा ओली र प्रचण्डको भेट सकिए लगत्तै दोस्रो तहका नेताबिच काठमाडौँमा छुट्टै छलफल भएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र रास्वपा सभापति रवि लामिछानेबिच कुराकानी भएको हो ।
पौडेलले आइतबार जनकपुरमा सत्ता गठबन्धन आफ्नै कारण टुट्ने बताएका थिए । माओवादी भित्र वर्षमान वामपन्थी गठबन्धन बन्नुपर्छ भनेर लबिङ गर्दै आइरहेका छन् । दुई कम्युनिस्ट पार्टीमा नीतिगत निर्णय गराउन सक्ने हैसियत राख्ने यी नेताबिचको भेटलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।
‘रास्वपाका सभापति सहितको भेटमा वर्तमान गठबन्धनको विकल्प खोज्ने विषयमा कुरा भएको छ, पुस १० (२०७९) को गठबन्धन ब्यूँताउने कुरामा रविजीको हामीलाई साथ छ,’ भेटवारे विश्वस्त स्रोतले भन्यो ।
देउवाको आत्मबल गलेको ब्रिफिङ
प्रचण्ड ओलीबिच बालुवाटारमा भेटवार्ता चलिरहेको समयमा कांग्रेस सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठस्थित निवासमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गरेका थिए । एक वर्ष सम्म मन्त्रीले राम्रो काम गर्न नसकेकोमा देउवाले आक्रोश पोखेका थिए ।
नेता कृष्ण सिटौला र अन्य केही नेतासहितको भेटमा देउवाले गठबन्धन टुट्न सक्ने संकेत गरेका थिए । ‘भन्न त उहाँले गठबन्धन केही हुन्न भन्नुभयो, तर उहाँमा आत्मविश्वास थिएन,’ देउवाको ब्रिफिङपछि एक मन्त्रीले लोकान्तरसँग भने ।
देउवाले राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसले पाउने सम्भावना पनि टरेको बताएका थिए । ‘गठबन्धन कमजोर बनाउन पार्टीकै नेताले भूमिका खेले’ भन्दै देउवा आक्रोशित भएका थिए ।
आइतबार तीव्र रूपमा भएका घटनाक्रमले सत्ता गठबन्धन नै परिवर्तन हुनेसम्मका चर्चा चलेका छन् । राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दाबी नछाडेपछि गठबन्धन अप्ठ्यारोमा परेको छ । प्रधानमन्त्री प्रचण्डले सोमवार बिहानका लागि गठबन्धनको बैठक बोलाएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...