×

NMB BANK
NIC ASIA

जसले आफ्नै मृत्युको प्रमाणपत्र बनाए !

बुटवल | फागुन २४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पश्चिम नवलपरासीमा आफ्नै मृत्यु दर्ता प्रमाणपत्र बनाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

Muktinath Bank

वडा कार्यालय र जिल्ला प्रहरी कार्यालयको नक्कली लेटर प्याड र छाप प्रयोग गरी कीर्ते मृत्यु प्रमाणपत्र बनाउने रुपन्देहीको रोहिणी गाउँपालिका–४ छिपागढ घर भएका ४४ वर्षीय शिवनारायण सिंह पक्राउ परेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनलाई हालै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, नवलपरासीका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुदर्शन पन्थीले बिहीवार जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

तान्त्रिक विद्या सिकाउने र झारफुकसमेत गर्दै आएका सिंह विगत ३ वर्षदेखि नवलपरासी बर्दघाट नगरपालिका–१४ गंगाबस्तीस्थित गंगा माविअगाडि कान्छी श्रीमतीसँगै क्यान्टिन सञ्चालन गर्दै आएका थिए ।

Vianet communication
Laxmi Bank

उनले आफू जिउँदो छँदै उनले २०६९ माघ ५ गते कालगतीले मृत्यु भएको कीर्ते प्रमाण बनाएको प्रहरीको दाबी छ । ‘२०६९ माघ ५ गते शिवनारायण सिंहको असामयिक निधन भएकाले उक्त विवरण प्रमाणित गरिन्छ,’ रोहिणी गाउँपालिका–४ का वडाध्यक्ष तारानाथ यादवको कीर्ते हस्ताक्षर प्रयोग गरी बनाइएको नक्कली प्रमाणपत्रमा उल्लेख छ । 

त्यस्तै सिंहले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नक्कली लेटर प्याड बनाएर आफ्नो मृत्यु भएको कीर्ते सतगत पुर्जीसमेत बनाएको सूचना अधिकारी पन्थीले बताए । कीर्ते कागजपत्र बनाएर राखेको भन्ने सूचनाका आधारमा उनी बसोबाससमेत गर्दै आएको क्यान्टिनमा खानतलासी गर्दा उक्त कागजात फेला परेको पन्थीले जानकारी दिए । 

प्रहरी अभिलेखअनुसार उनी २०६४ सालमा नवलपरासीबाट हातहतियार खरखजना मुद्दामा थुनामा परी सजाय काटेको देखिएको छ । लामो समयदेखि उनी भारतमा रोजगारी गरेर फर्केको प्रहरीले जनाएको छ । 

कीर्ते मृत्यु प्रमाणपत्र बनाउनुको कारणबारे सिंहले प्रहरीसमक्ष केही बताएका छैनन् । भारतमा लामो समयदेखि काम गरेका कारण त्यहाँ कुनै आपराधिक कृयाकलाप गरेको हुन सक्ने र त्यहाँ रहेको प्रमाणलाई नष्ट गराउने उद्देश्यले उक्त कागज बनाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

पक्राउ परेका सिंहलाई लिखितसम्बन्धी कसुरमा मुद्दा प्रक्रिया अघि बढाइएको सूचना अधिकारी पन्थीले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x