×

NMB BANK
NIC ASIA

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा सिलाई कटाईका लागि मशिन हस्तान्तरण

काठमाडाैं | फागुन २५, २०८०

NTC
Premier Steels

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फूलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र नवलपरासीलाई विभिन्न सामग्री प्रदान गरेको छ ।

Muktinath Bank

११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मध्यविन्दु ३ मा रहेको केन्द्रलाई सिलाई कटाई तालिम सञ्चालनका लागि १० थान मशिन तथा सोसँग सम्बन्धित सामग्रीहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रको संयोजकत्वमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न वर्गका महिलाहरूको आर्थिक क्षमता वृद्धि गर्नका लागि उक्त सामग्री हस्तान्तरण गरिएको हो ।


Advertisment
Nabil box
Kumari

सूर्यज्योतिले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूको सहयोगबाट वित्तीय साक्षरता, सीपमूलक प्रविधि शिक्षा, खेलकुद, जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलनसम्बन्धी गतिविधि, खेलकुद तथा साक्षरता कक्षासम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ ।

Vianet communication

null

फूलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु – ३, नवलपरासीमा आयोजित उक्त कार्यक्रममा संस्थाका अध्यक्ष, अम्बरबहादुर महतो, सचिव, काशी राम पाठक तथा संस्थाका पदाधिकारीहरू सहित रोटरी क्लब नवलपरासीका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, तालिममा सहभागी महिला र सूर्यज्योति लाइफका क्षेत्रीय प्रबन्धक ईश्वर विकल सापकोटाको उपस्थिति रहेको थियो ।

कम्पनीका क्षेत्रीय प्रबन्धक ईश्वर विकल सापकोटाले सामग्री हस्तान्तरण गर्दै यस प्रकारको सहयोगले विपन्न वर्गका महिलाहरूको आर्थिक क्षमता वृद्धि गर्न टेवा पुग्नेमा आफू विश्वस्त रहेको बताए ।

यस्तै, फूलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष महतोले विपन्न तथा पिछडिएका महिलाहरूको सीपमा विकास गरी उनीहरूलाई आर्थिक समुन्नतिको बाटोमा बढाउन सकिने बताए ।

तालिम सञ्चालन गर्न सूर्यज्योतिले दिएको साथका लागि उनले आभार प्रकट गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x