×

NMB BANK
NIC ASIA

चीनमा भीपीएनको प्रयोग नियन्त्रणबारे बहस

काठमाडाैं | फागुन २८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

बेइजिङ - चीनले इन्टरनेट प्रयोगकर्ताहरूलाई प्रतिबन्धित वेबसाइटहरूमा पहुँच प्रदान गर्ने सफ्टवेयरलाई नियन्त्रण (ब्लक) गर्ने प्रयासलाई तीव्रता दिएको सफ्टवेयरको अग्रणी प्रदायक फायरवाल–लिपिङले एएफपीसँग बताएको छ ।

Muktinath Bank

इन्टरनेटमा विश्वका अन्य मुलुकको तुलनामा बेइजिङले बढी नै नियन्त्रण (सेन्सरशीप) गर्ने गर्छ । चीनको मुख्यभूमि वेब प्रयोगकर्ताहरूले ‘भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)’ प्रयोग नगरी गुगलदेखि समाचार वेबसाइटहरूमा सबै प्रकारका पहुँच प्राप्त गर्न असमर्थ छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भीपीएन प्रयोग र इन्टरनेट नियन्त्रण विषयले यस हप्ता वार्षिकरूपमा आयोजना हुने ‘दुई सम्मेलन’ मा हजारौं राजनीतिक प्रतिनिधिहरूको ध्यान केन्द्रित भएको हो  । बेइजिङमा यसै साता भएको एक शीर्ष राजनीतिक बैठकमा यसबारे छलफल भएको हो । 


Advertisment
Nabil box
Kumari

भीपीएन सफ्टवेयरले नियन्त्रणका लागि सङ्घर्ष गरिरहे पनि नियन्त्रण प्रयासले सार्थकता पाउन नसकेको देखिन्छ । 'अहिले चीनमा राजनीतिक भेटघाटका कारण सेन्सरसिप बढेको छ,' लिस्टेनस्टाइनबाट सञ्चालित भीपीएन सेवा एस्ट्रिलका एक प्रतिनिधिले एएफपीसँग भने, 'दुर्भाग्यवश, सबै भीपीएन प्रोटोकलहरू यस समयमा काम गरिरहेका छैनन् ।' 

Vianet communication
Laxmi Bank

सरकारी अनुमति बिना भीपीएनजस्ता अवरुद्ध वेबसाइटहरूमा पहुँचका लागि प्रयोग गरिने भीपीएन सफ्टवेयर प्रयोगलाई चीनमा अवैध मानिन्छ । 

राज्यका सुरक्षाकर्मी र कूटनीतिज्ञहरूलाई भने पहिले ट्वीटरका नामले ख्याति कमाएको सामाजिक सञ्जाल एक्सजस्ता प्रतिबन्धित वेबसाइटहरूमा पहुँचका लागि ती सफ्टवेयरको प्रयोगलाई अनुमति दिइएको छ ।

सम्मेलनलाई मध्यनजर राखी बेइजिङमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा अधिकारीहरूले कुकुरसहित हातमा रातो पट्टी बाँधेका वृद्ध स्वयंसेवकहरूसँग सडकमा गस्ती गरिरहेका र शंकास्पद व्यवहारको लागि पैदल यात्रीहरूको निगरानी गरिरहेका पाइन्छ ।

चिनियाँ सामाजिक सञ्जाल वाइबोले पनि संवेदनशील विषयहरूलाई नियन्त्रण गर्न द्रूत रूपमा काम गरिरहेको छ ।

चिनियाँ प्रधानमन्त्रीले सम्मेलनपछि परम्परागतरूपमा आयोजना गर्ने औपचारिक पत्रकार सम्मेलन रद्द गर्ने निर्णयबारे छलफल गर्ने सबै ह्यासट्यागहरू ‘खोजीको सूची’ बाट तुरुन्तै हटाइएको थियो र अर्को ‘मध्यम वर्गका बच्चाहरूको कुनै भविष्य छैन’ भन्ने चीनको आर्थिक सङ्कटको सन्दर्भ पनि हटाइएको थियो ।

चीनको घरेलु सञ्चार राज्य नियन्त्रित छ र सामाजिक सञ्जालको व्यापक सेन्सरशिप अक्सर नकारात्मक कथाहरू वा आलोचनात्मक कभरेज दबाउन प्रयोग गरिन्छ ।

नियामक निकायले यसअघि पनि लगानीकर्तालाई चीनबारे विदेशी समाचार नपढ्न आग्रह गरेका थिए ।

गत वर्ष एक भाषणमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सत्तारुढ कम्युनिस्ट पार्टीको इन्टरनेटमाथिको नियन्त्रण ‘मजबुत’ भएको र राज्यले राष्ट्रियताका सवालमा जोखिम सिर्जना गर्ने ‘साइबर स्पेसलाई नियन्त्रण गर्नु’ महत्वपूर्ण रहेको बताएका थिए । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x