×

NMB BANK
NIC ASIA

समिति अध्यक्षकै संलग्नतामा काठ तस्करी

उपभोक्ता समिति चुनावमा भएको खर्च उठाउन काठ चोरी ! सामुदायिक वनका अध्यक्ष नै पक्राउ

विराटनगर | फागुन २९, २०८०

NTC
Premier Steels

काठ चोरीको आरोपमा सुनसरीको एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पक्राउ परेका छन् । जिल्लाको इटहरी उपहानगरपालिकास्थित ब्रह्मपुर सामुदायिक वनका अध्यक्ष मनोज तामाङ काठ चोरीको आरोपमा पक्राउ परेका हुन् । उनीमाथि छिमेकी हासपोसा सामुदायिक वन उपभोक्ता समूहको काठ चोरेको आरोप छ । 

Muktinath Bank

हासपोस सामुदायिक वनबाट हराएको काठ ब्रह्मपुर सामुदायिक वनमा भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय सुनसरीका निमित्त कार्यालय प्रमुख धर्मानन्द यादवले बताए । तामाङले काठ चोरी गरेको समेत स्वीकारेको यादवले जानकारी बताए । उनलाई वन ऐन २०७६ अनुसार मुद्दा चलाउने तयारी भइरहेको कार्यालयले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामुदायिक वन र वनरक्षक कृष्ण गेलालको टोलीले चोरिएको काठ जंगलमा फेला पारेको थियो । कार्यालयका अनुसार अध्यक्ष तामाङले काठ चोरी गर्न तीन सुराकीसमेत राख्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरू भने फरार छन् । ‘राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रबाट काठ काटिएको छ । सामुदायिक वनका अध्यक्षहरू बदमास भएका छन् । पक्राउ परेका तामाङले पनि १० लाख खर्च गरेर चुनाव जितेको रे ! त्यही खर्च असुल्न अध्यक्ष आफैंले काठ चोरी गरेको खुलेको छ,’ यादवले भने । 
गत फागुन तेस्रो साता हासपोसा सामुदायिक वनबाट १२ फिट गोलाई भएको सालको सिंगै रुखको काठ चोरी भएको थियो । चोरी भएको काठको मूल्य १५ देखि २० लाख रुपैयाँ बराबर हो । 


Advertisment
Nabil box
Kumari

डिभिजन वन कार्यालयले ढलेको रुख भने पनि स्थानीयले भने सामुदायिक वनमा रहेको सबैभन्दा पुरानो ठाडो रुख चोरी भएको दाबी गरेका छन् । ‘घाँसदाउरा जानेले जंगलकै पुरानो भनेर चिनिएको रुख नदेखेपछि स्थानीयले उपभोक्ता समितिलाई भनेका रहेछन्,’ एक स्थानीयले भने, ‘तर वनले ढलेको रुख भनेर मुद्दा कमजोर बनाउन खोज्दै छ ।’

Vianet communication

तामाङ कांग्रेसका स्थानीय नेता हुन् । उनलाई छुटाउन मुद्दा कमजोर बनाउने प्रयास भइरहेको वनका कर्मचारी बताउँछन् । त्यसका लागि नेताहरूले दबाब दिने गरेको उनीहरूको भनाइ छ ।

काठ चोरी भएको विषयमा छानबिन गर्न डिभिजन वन कार्यालय सुनसरीले समिति बनाएको छ । सूचना अधिकारीसमेत रहेका डिभिजन वन कार्यालय सुनसरीका वन अधिकृत जीवनकुमार यादवको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो । समितिको सदस्यहरूमा अधिकृत जमानसिंह मोक्तान र अधिकृत चुडामणि गौतम छन् । ब्रह्मपुर सामुदायिक वनका उपाध्यक्ष टेकबहादुर बस्नेत, उपभोक्ता समिति सदस्य एवम् वन हेरालु आशिष तामाङ र पेम्बा तामाङविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरी खोजी भइरहेको डिभिजनका निमित्त प्रमुख यादवले बताए । 

काठ तस्करीमा वन कर्मचारीको पनि संलग्नता रहेको सामुदायिक वन समूहका पदाधिकारीहरूको आरोप छ । उनीहरूले वनकै कर्मचारीमाथि पनि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रादेशिक कार्यालय इटहरीमा उजुरी दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x