माघ ३, २०८०
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
काठमाडाैं | चैत २, २०८०
सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगले भेपमार्फत् भएको सुन तस्करीमा दोषी देखिएको भन्दै पूर्वसभामुख कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिश गरेको छ । आयोगले सत्तारूढ माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई कारबाही गर्न सिफारिश गरेको स्रोतको दाबी छ ।
उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगले बिहीवार गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । आयोगको प्रतिवेदन पढेपछि रविले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।
आयोगले महरासँग माघ २५ गते बयान लिएको थियो । ‘सुन तस्करीका नाइकेसँग पटक पटक टेलिफोन सम्पर्क भएको र छोरा समेत संलग्न रहेकोले महराको भूमिका देखियो’ आयोगको प्रतिवेदनबारे गृहका एक अधिकारीले लोकान्तरसँग भने ।
आयोगले प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालको भूमिका पनि शंकस्पद भएको बताएको छ । सुन तस्करीका आरोपित जीवन चलाउनेले सर्वेन्द्र खनालको नाम पोलेकोमा सीआईबीका अधिकारीले बयान च्यातेको प्रतिवेदनमा औल्याइएको छ ।
प्रतिवेदनले सीआईबीको छानबिन मै शंका उब्जाउँदै फितलो अनुसन्धान गर्नेमाथि कारवाहीको सिफारिस गरेको छ ।
महराको नाम जोडिएपछि रविले प्रचण्डसँग छलफल गरेका थिए । जवाफमा प्रचण्डले सुन तस्करीमा जोडिएका जो कोहीलाई कार्वाही गर्न निर्देशन दिएका थिए । ‘आयोगले दोषी देखाएका कसैलाई जोगाउने पक्षमा छैन, कारवाही गर्नुस्’ प्रचण्डले रविलाई दिएको निर्देशनबारे स्रोतले भन्यो ।
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...