×

NMB BANK
NIC ASIA

प्रदेश सरकार फेरबदलको रस्साकस्सी

लुम्बिनीमा नयाँ सरकार गठनको सकस : नेतृत्वमा एमाले-माओवादी हानथाप

काठमाडाैं | चैत ४, २०८०

NTC
तस्वीरमा बायाँबाट गिरी र महरा
Premier Steels

राजनीतिमा आएको नयाँ उथलपुथलले केन्द्रमा गठबन्धन फेरिएसँगै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री को बन्ने भन्ने बहस पेचिलो बन्दै गएको छ ।

Muktinath Bank

केन्द्रमा गठबन्धन फेरिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक विश्वासको मत पाए पनि लुम्बिनीमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने विषय टुंगो नलाग्दा अन्योल छ । योसँगै लुम्बिनीमा नयाँ सरकार गठन गर्ने प्रक्रिया पनि लम्बिँदै गएको छ । सत्ता समीकरण फेरबदल भएसँगै लुम्बिनीमा नयाँ सरकार बन्ने भएपछि नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच मुख्यमन्त्रीका लागि हानथाप जस्तै छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ समीकरणअनुसार लुम्बिनीमा दुवै पक्षको बहुमत नपुग्ने भएकाले साना दलहरू निर्णायक सावित हुने देखिएको छ । लुम्बिनीमा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार बनाउन ४४ सांसद आवश्यक पर्छन् । नयाँ बनेको गठबन्धनमा अहिलेसम्म ४३ सांसद मात्र छन् । 


Advertisment
Nabil box
Kumari

संसदको अंकगणित अनुसार नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्र (सभामुख बाहेक) १०, जनता समाजवादी पार्टी (जसपा) ३, नेकपा एकीकृत समाजवादी (एस) १ गरी ४३ सांसद हुन्छन् ।

Vianet communication

नयाँ सरकारको लागि नयाँ गठबन्धनले अन्य साना दलको पनि मत जोड्नुपर्ने आवश्यकता छ । यता कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिका ४/४, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ३/३, स्वतन्त्र र राष्ट्रिय जनमोर्चा १/१ जना सांसद छन् । राप्रपाका एक जना सांसद जानकीलाल यादव भ्रष्टाचारको आरोपमा निलम्बित छन् । जनमत र नागरिक उन्मुक्ति लुम्बिनीमा नयाँ उदाएका शक्ति हुन् । लुम्बिनीमा १० राजनीतिक दलको प्रतिनिधित्व छ । 

जसपा डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारबाट अहिलेसम्म बाहिरिएको छैन । त्यसो त,  राप्रपा र लोसपासँग नयाँ गठबन्धनले सरकार बनाउनका लागि सहयोग मागिरहेको छ । तर, दुवैले दलले अहिलेसम्म वचन दिइसकेका छैनन् । एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले नयाँ सरकार गठनका लागि सबै साना पार्टीहरूसँग छलफल भइरहेको बताउँछन् । 

लुम्बिनीमा नयाँ सरकार बन्ने निश्चित भएपछि मुख्यमन्त्रीका लागि एमाले र माओवादी दुवै पार्टीले दाबी गरिरहेका छन् । नयाँ मुख्यमन्त्रीका लागि एमालेबाट लिला गिरी र माओवादी केन्द्रका जोखबहादुर महरा दुवैले दाबेदारी प्रस्तुत गरेका छन् । माओवादी यसपटक मुख्यमन्त्री छाड्ने ‘मूड’ मा नरहेको दलका नेताको भनाइ छ ।

माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता महरा भन्छन्, ‘हामीले अरूलाई धेरैपटक मुख्यमन्त्री बनाइसकेका छौं । यसअघि पनि मुख्यमन्त्री बनाउँदा आलोपालो भनेर सहमति भएकाले यसपटक हामीले पाउनु न्यायसंगत हुन्छ ।’

तर, केन्द्रमा लुम्बिनीको मुख्यमन्त्री आगामी ४ वर्षकै लागि एमालेलाई दिने सहमति भइसकेको हल्ला फैलिएको छ । 

त्यस्तै, प्रदेशको ठूलो दलका हिसाबले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने प्रमुख सचेतक चौधरीले बताए । एमाले संसदीय दलका नेता लिला गिरीको नेतृत्वमा बनेको सरकार गठबन्धनमा फेरबदल भएपछि तीन महिनामै ढलेको थियो । गिरी रूपन्देही क्षेत्र नम्बर २ (१) बाट निर्वाचित हुन भने, महरा रोल्पा १ (१) बाट निर्वाचित सांसद हुन् ।  

पहिलोपटक आफ्नो नेतृत्वमा बनेको सरकारले काम गर्न नपाएको र प्रदेशको ठूलो दलका हिसाबले आफ्नो पार्टीले सरकारको नेतृत्वका लागि दाबी गर्ने नेता तुलसी चौधरीको भनाइ छ ।

‘यद्यपि हामीले प्रदेशमा दाबी गरेर मात्र हुँदैन, केन्द्रीय राजनीतिमा जे निर्णय हुन्छ, त्यही लागू हुन्छ,’ चौधरीले भने । लुम्बिनीमा माओवादीबाट सभामुखमा तुलाराम घर्ती मगर छन् । त्यस्तै प्रदेश प्रमुख पनि माओवादीबाटै अमिक शेरचन बनेका छन् । त्यस्तै, माओवादी संसदीय दलका महराले लोकान्तरसँग थपे, ‘यसअघि एमालेलाई सहयोग गर्‍यौं, त्यसपछि कांग्रेसलाई सहयोग गरियो । अब लुम्बिनीमा बन्ने नयाँ सरकारको नेतृत्व हाम्रो पार्टीले गर्छ र पालो पनि हाम्रो हो ।’ 

एमाले भने, सकेसम्म माओवादीलाई नेतृत्व नदिने प्रयासमा छ । यता मुख्यमन्त्री चौधरी राप्रपासहित साना दललाई आकर्षक मन्त्रालय प्रस्ताव गरेर आफ्नो सरकार टिकाउन लागेका छन् ।

६ महिनापछि शुरू भएको हिउँदे अधिवेशन सत्ता समीकरण फेरिएपछि तीन दिनमै अन्त्य गरेका छन् । गिरी यसअघि बनेको गठबन्धनमा तीन महिना मुख्यमन्त्री बनेका थिए भने शंकर पोखरेल नेतृत्वको लुम्बिनीको पहिलो प्रदेश सरकारमा तीन वर्ष उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री पनि भएका हुन् ।

लुम्बिनीको दोस्रो कार्यकालमा गिरी मुख्यमन्त्री भएका बेला आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए । गिरी नेतृत्वको सरकार ढलेसँगै डिल्ली चौधरी वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x