×

सुन तस्करीका अभियुक्त जोगाउने प्रपञ्च

१३८ किलो सुनकाण्ड : मुद्दा फितलो बनाउँदा अभियुक्त धरौटीमा रिहा, वर्षमानको नाम गायब

काठमाडाैं | चैत ५, २०८०

अर्थमन्त्री वर्षमान पुनसँग समेत कनेक्सन देखिएका सुन तस्करीका नाइके जीवनकुमार गुरुङविरुद्धको मुद्दा निकै फितलो बनाएको पाइएको छ ।

१ अर्ब ४० करोड ५५ लाख ३० हजार रुपैयाँ बिगो कायम गरिएको मुद्दाका अभियुक्त गुरुङ काठमाडौं जिल्ला अदालतबाट आइतबार १५ लाख धरौटीमा रिहा भएका छन् ।


Advertisment

चैत २ गते दायर भएको मुद्दामा थुनछेक बहसपछि जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले गुरुङलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।


Advertisment

'उक्त कसूरमा संलग्नता छैन भन्न नसकिएको अवस्थामा निजलाई थुनामा राख्नुपर्नेसम्म नदेखिएको, आरोपित कसूरमा संलग्न छैन भन्न सकिने अवस्था नदेखिए पनि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र दफा ७२ को कानूनी व्यवस्थासहितको आधारमा १५ लाख रुपैयाँ वा सो बराबरको जेथा जमानत माग गरी दिए मुद्दा पुर्पक्षका निमित्त तारेखमा राख्नू,' न्यायाधीश उपाध्यायले गरेको आदेशमा उल्लेख छ ।

गुरुङविरुद्ध त्रिभुवन विमानस्थल भन्सार कार्यालयले भन्सार ऐन, २०६४ को दफा ३, दफा १८ (१), दफा (३८), दफा ५७ (१), नेपाल राजपत्रको खण्ड ७३, जेठ १५ गते,२०८० साल अतिरिक्तांक ५ को १, १(घ), (ख) बमोजिम सजायसम्बन्धी माग दाबी लिई मुलुकी फौजादरी कार्यविधिसंहिता २०५७ को दफा ३१ (३) बमोजिम मुद्दा चलाएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० चैत १ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गरेको अनुसन्धानको आधारमा मुद्दा चलाउने निर्णय गरी चैत २ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

मुद्दाको नालीबेली

२०८० मंसिर २१ गते राति ११:४० बजे फ्लाइ दुबईको उडान नम्बर एफ.जेड ५७३ बाट काठमाडौं आएका नेपाली नागरिक राहदानी (पीए०१४५४८८) बाहक चन्द्र घले १४ किलो बिस्कुट आकारको शुद्ध सुनसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । आगमन कक्षको वाक थ्रु मेटल डिटेक्टरमा उनले लुकाई ल्याएको ७ थान बिस्कुट बरामद भएको थियो ।

पक्राउ परेका घलेसँग विमानस्थल भन्सार कार्यालयले मौखिक सोधपुछ गर्दा गोरखाको वारपाक स्थायी घर भएका तथा हाल काठमाडौंको धुम्बाराहीस्थित बहालमा बस्ने मीनबहादुर घलेको सुन भनी बयान दिएका थिए । लगत्तै भन्सार कार्यालयले अर्का प्रतिवादी मीनबहादुर घलेलाई पनि  पक्राउ गर्‍यो । उक्त सुन आफ्नो रहेको भनी उनले स्वीकार गरेका थिए ।

भन्सार कार्यालयले गरेको थप अनुसन्धानबाट घलेसहितले दुबईबाट पटक–पटक गरी १३८ किलो सुन भन्सार छली चोरी निकासी गरेको भन्दै १ अर्ब ४० करोड ५५ लाख ३० हजार रुपैयाँ बिगो कायम गरी उनीहरूउपर मुद्दा दायर गरिएको थियो ।

उक्त अभियोगमा जीवन गुरुङको पनि संलग्नता खुलेको थियो । गुरुङको संलग्नता खुलेपछि भन्सार कार्यालयले काठमाडौं जिल्ला अदालतबाट २०८० पुस ८ गते पक्राउ अनुमति लिएको थियो । पक्राउ अनुमति लिएर खोजतलास गर्दा उनी फरार रहेको पाइएपछि २०८० फागुन १४ गते राति १२ बजेको समयमा काठमाडौंको सामाखुशीबाट पक्राउ गरिएको थियो ।

यसअघि विमानस्थलबाट १४ किलो सुनसहित पक्राउ परेका चन्द्र घले, मीनबहादुर घले र जीवन गुरुङबीच अवैध सुनको कारोबार सम्बन्धमा व्हाट्सएप, भाइबरमा भएको दोहोरो कुराकानी, पटक–पटक भएको फोन सम्पर्कको आधारमा गुरुङ पनि सुन तस्करी कार्यमा संलग्न रहेको भन्दै मुद्दा दायर गरिएको हो ।

गुरुङले प्रयोग गर्ने गरेका मोबाइल नम्बरहरू ९८१३४०२८३८, ९८४१३७९२४७, ९८६९०००२०४, ९८०३७०३७४५  मा मीनबहादुर घले  र गुरुङबीच पटक–पटक कुराकानी र संवाद भएको अनुसन्धानबाट खुलेको छ ।

गुरुङ पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको परराष्ट्र विज्ञका रूपमा कार्यरत थिए ।

अनुसन्धानको सिलसिलामा भन्सार कार्यालयले उपराष्ट्रपति कार्यालयसँग गुरुङको फोन नम्बर माग गर्दा ९८६९०००२०४ रहेको भनेर पत्र पठाइएको थियो ।

उपराष्ट्रपति कार्यालयले पठाएको गुरुङको उक्त नम्बरमा पहिले नै पक्राउ परेका मीनबहादुर घलेले २०७९ पुस २७ गतेदेखि २०८० माघ २२ गतेसम्म १ वर्षको अवधिमा मात्र ५५३ पटक फोन सम्पर्क गरेको खुलेको थियो ।

गुरुङ र सुन तस्करबीच अवैध सुन कारोबारमा संवाद

घलेले गुरुङको नम्बर जोन भन्ने नामबाट सेभ गरेका थिए । घले र गुरुङबीच भएको संवादलाई डिजिटल फरेन्सिक ल्याब रिपोर्ट (डीएफएलआर) बाट परीक्षण गरिएको थियो ।

जीवनकुमार गुरुङ र घलेबीच २३ मार्च २०२३ का दिन 'आज कति भाउ रहेछ र कति डाउन छ, सोध्नु त नेबीलाई' भनेर म्यासेज आदानप्रदान भएको देखिन्छ । '०९००० प्राइस र २५०० डाउन भनेर' घलेले गुरुङलाई जवाफ दिएका थिए । फेरि गुरुङले लेखेका छन्, 'अनि ३ पिस अरिहन्तलाई दिन बाँकी भन्नू ।' त्यसपछि घलेले सोधेका छन्, 'आजै दिने हो?'

यसरी घले र गुरुङबीच फेसबूक म्यासेन्जर, व्हाट्सएप आदिमा समेत शंकास्पद कोड भाषा प्रयोग गरी कारोबारको विषयमा सूचना आदानप्रदान भएको देखिन्छ ।

घले पक्राउ परेलगत्तै गुरुङ फरार भएका थिए । गुरुङले सञ्चालन गरेको प्लाटिनम कलेजमा उनी अनुपस्थित हुनुका साथै उनको मोबाइल नम्बर पनि अफ रहेको कुरा अभियोगपत्रमा उल्लेख छ ।

सुन तस्कर घलेसँग ५५३ पटक फोन सम्पर्क

विगतमा गुरुङ पटक–पटक भिजिट भिसामा दुबई जाने/आउने गरेको, पक्राउ परेका प्रतिवादी घलेसँग मोबाइलमा ५५३ पटक फोन सम्पर्क गरेको, अर्का प्रतिवादी चन्द्रबहादुर घलेसँग ८२ पटक फोन सम्पर्क भएको, गुरुङलाई पक्राउ गर्दा उनको घरबाट डिजिटल वेइङ मशिन समेत बरामद भएको आधारमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।

घलेसँग २२ वर्षदेखि चिनजान रहेको गुरुङको स्वीकारोक्ति

मीनबहादुर घलेसँग २०/२२ वर्षदेखि चिनजान रहेको गुरुङले स्वीकार गरेका छन् ।

भन्सार कार्यालयका अनुसन्धान अधिकारीसमक्ष गुरुङले घलेसँग २०/२२ वर्षदेखि चिनजान रहेको, दोहोरी साँझमा भेटघाट हुने गरेको स्वीकार गरेका छन् ।

घलेले सम्पर्क गरेको भनिएको फोन नम्बर ९८६९०००२०४ आफ्नो नभएको उनले बयान दिएका छन् । जबकि उपराष्ट्रपति कार्यालयले उक्त नम्बर गुरुङले प्रयोग गर्ने गरेको भनी लिखित पत्र नै पठाएको छ । गुरुङले वितरण गर्ने गरेको भिजिटिङ कार्डमा पनि सोही नम्बर उल्लेख छ ।

अरूको नम्बर प्रयोग गरी अवैध कारोबारको संवाद, पटक–पटक दुबई आउजाउ गरेको स्वीकार

माथि उल्लेखित नम्बर उनले आफ्नो नामबाट भने निकालेका छैनन् ।

भन्सार कार्यालयले गरेको अनुसन्धानबाट उक्त नम्बर काठमाडौंको सुन्धाराका लक्ष्मण महर्जनको नाममा जारी भएको पाइएको छ । अरूको नाममा जारी गरिएको मोबाइल नम्बर गुरुङले अवैध कारोबारका लागि प्रयोग गर्दै आएका थिए ।

शुरूमा नेपालमा दुबईको भिसा सेन्टर खोल्ने उद्देश्यले दुबई जाने गरेको बयान उनले दिएका छन् । उक्त कामका लागि दुबईका रिजवान आलम भन्ने व्यक्तिले सहजीकरण गरिदिएको उनको कथन छ । त्यसपछि नेपालको पानी दुबई निर्यात गर्ने भनी सोच बनाएको र सो विषयमा बजार सर्वेक्षणका लागि दुबई जाने गरेको उनको बयान छ ।

एउटा होइन, चारवटा नम्बर प्रयोग

दुबई जान/आउनका लागि उनले राजश्री इन्टरनेशनल ट्राभल्सबाट टिकट बूकिङ गर्ने गर्थे ।

उक्त ट्राभल्सका सञ्चालक राजकुमार भारतीले अनुसन्धान आधिकारीसमक्ष गरेको बयानबाट गुरुङले चारवटा मोबाइल नम्बर प्रयोग गर्ने गरेको खुलेको थियो । विगत ५/६ वर्षदेखि जीवन गुरुङले भिजिट भिसामा दुबई जानका लागि टिकट बूकिङ गर्ने गरेका थिए । आउने/जाने टिकट एकैसाथ जारी हुन्थ्यो र गुरुङले नगद पैसा नै दिने गर्थे,' भारतीले बयानमा भनेका छन्, '९८१३४०२८३८, ९८४१३७९२४७,९८६९०००२०४ नम्बर भएको व्हाट्सएप र भाइबरमा टिकट पठाउने गरेको थिएँ ।' त्यसबाहेक ९८१३४०२८३८ नम्बरको मोबाइल पनि गुरुङले प्रयोग गर्ने गरेको उनले खुलाएका थिए ।

तर, ती सबै नम्बरका बारेमा अनुसन्धान अधिकारीले सोध्दा पुरानो मोबाइल नम्बरबारे सम्झना नरहेको बयान दिएका छन् । 'मैले नयाँ नम्बर प्रयोग गर्दा पुरानो नम्बर बिर्सें, अहिले सम्झना भएन,' गुरुङले बयानमा भनेका छन् ।

९८६९०००२०४ बाट प्रतिवादी घलेसँग २०७९ पुस २७ देखि  २०८० मंसिर २२ गतेसम्म ५५३ पटक फोन सम्पर्क गर्नुभएको छ नि भन्ने अनुसन्धान अधिकारीको प्रश्नमा गुरुङले भनेका छन्, 'घलेसँग मेरो फोन सम्पर्क भएको छैन । उक्त नम्बर मेरो होइन । ५५३ पटक सम्पर्क गरेको छैन ।'

२०८० मंसिर २२ गते चन्द्रबहादुर घले र मीनबहादुर घले पक्राउ परेपछि किन फरार भएको भन्ने प्रश्न पनि अनुसन्धान अधिकारीले गरेका छन् ।

'म अध्यक्ष भएको महाशिला विकास संस्थामार्फत मेरो गाउँ पर्वतमा भलिबल प्रतियोगिता आयोजना गरेकाले सो कार्यक्रममा सहभागी हुन गाउँ गएको थिएँ । साथै, मैले नेपालमा पानी उद्योग सञ्चालन गर्ने उद्देश्यले हिमाली भेगको भ्रमण समेत गरेको थिएँ । त्यसै क्रममा एकपटक सोलुखुम्बु र एकपटक खोटाङ गएको थिएँ । त्यसैले कलेजमा अनुपस्थित भएको हो, फरार भएको होइन,' गुरुङले अनुसन्धान अधिकारीसमक्ष जवाफ दिएका छन् ।

त्यसको प्रमाण देखाउन भन्दा भलिबल प्रतियोगिताको फोटो मोबाइलमा देखाएको मिसिलमा उल्लेख छ । हिमाली भेगमा भ्रमणमा जाँदा साथी शम्भु अग्रवालको गाडी भाडामा लिएर उक्त साथीसँगै गएको बाहेक प्रमाण आफूसँग नरहेको बयान उनले दिएका छन् ।

भाडामा गाडी दिने साथी अग्रवाल अहिले दुबई गएको उनको बयान छ । भन्सार कार्यालयका अनुसन्धान अधिकारीले गुरुङसँग थप सोधपुछ गरेका छैनन् ।

फितलो अनुसन्धान,वर्षमानको नामै गायब !

विशेष स्रोतबाट लोकान्तर डट्कमलाई प्राप्त सीडीआर (कल डिटेल रेकर्ड) मा सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्म गुरुङ र वर्षमान पुन(हाल अर्थमन्त्री)बीच ११ पटक फोनमा कुराकानी भएको देखिन्छ ।

पुनको मोबाइल नम्बर ९८५११०२**२ बाट गुरुङको मोबाइल नम्बर ९८६९०००**४ मा ४ पटक फोन गएको छ भने गुरुङले ७ पटक पुनलाई फोन गरेका छन् ।

गुरुङ र दीपेश पुन(पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा)को नम्बर ९८५१२१७**२ बीच १ सय ८४ पटक संवाद भएको छ । मीनबहादुर घलेले आफ्नी श्रीमती धनकुमारी घलेलाई पनि तस्करीमा प्रयोग गर्ने गरेका थिए । गुरुङ र धनकुमारी घलेबीच १ सय २ पटक संवाद भएको छ । गुरुङले पूर्व उपराष्ट्रपति नन्दकिशोरसँग पनि ३३ पटक फोन सम्पर्क गरेका छन् ।

यी कुनै पनि विषयमा प्रवेश नै नगरी मुद्दा अगाडि बढाइएको छ । प्राप्त प्रमाणहरूको विश्लेषण र थप प्रमाण संकलनका लागि प्रयास समेत भएको देखिँदैन ।

अदालतले गुरुङलाई रिहा गर्ने क्रममा उनकै बयानलाई आधार बनाएको छ ।

गाउँमा फूटबल प्रतियोगितामा सहभागी भएको, पानी उद्योग सञ्चालन गर्ने उद्देश्यले हिमाली भेगको भ्रमण गरेको लगायतका विषय अदालतको आदेशमा उल्लेख छ ।

२०७४ असार २५ गतेदेखि तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको परराष्ट्र विज्ञको रूपमा कार्यरत रही १५ जनाको टीममा काम गरेको कुरा पनि आदेशमा उल्लेख गरिएको छ ।

'उपराष्ट्रपतिको कार्यालयमा १५ जनाको टीममा काम गर्दा विशिष्ट परिस्थितिमा र विशिष्ट प्रयोजनमा सबैले नम्बरहरू प्रयोग गर्दा २०७९ फागुन ५ मा अवधि सकिएपछि सबै कुराहरू बुझाएर निस्केको हुनाले अरू कुरा थाहा भएन, उक्त नम्बर कसले प्रयोग गरेको थाहा भएन । मैले उक्त कार्यमा कुनै काम नगरेको र मैले अभियोग दाबीको कसूर गरेको नहुँदा मलाई सजाय हुनु हुँदैन,' भनेर गुरुङले दिएको बयानलाई पनि अदालतले आदेशमा उल्लेख गरेको छ ।

'निज उपर मीनबहादुर घले र ९८६९०००२०४ को नम्बरबाट भएको म्यासेज, वार्तालाप शंकास्पद भनी अभियोग दाबी लिँदा मुख्य आधार लिएको पाइन्छ । प्रतिवादीले आफूले सो नम्बरबाट म्यासेज नलेखेको, समूहमा प्रयोग हुने गरेको भनेको देखिन्छ । अन्य प्रतिवादीले यी प्रतिवादी जीवनकुमार गुरुङलाई पोल गरेको तथा यी प्रतिवादीबाट सुन तथा दसी बरामद नदेखिएको, सो नम्बर जीवनले प्रयोग गरेको भनेर राजकुमार भारती र उपराष्ट्रपति कार्यालयले पनि पत्र लेखेको, प्रतिवादी गुरुङ र घलेबीच २३ मार्च २०२३ मा भएको म्यासेज वार्तालाप शंकास्पद देखिएको,' आदेशमा उल्लेख छ ।

पढ्नुहोस्, सम्बन्धित समाचार :

१३८ किलो सुन तस्करीमा वर्षमानको 'कनेक्सन'– हिरासतमा रहेका मुख्य नाइकेसँग ११ पटक फोन !

वर्षमानको जोडबलमा सुन तस्करलाई छुटाउन हतारो !
 

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

जेठ ४, २०८१

जनताको सेवाका लागि राजनीति गरेको दाबी गर्ने नेताहरू मन्त्री बनेलगत्तै जीवनशैली बदलेर विलासी बन्न खोज्छन् । २ महिनाअघि सरकारमा सहभागी मन्त्रीहरूले पनि निवासमा विलासिताका सामान जोड्न प्रतिस्पर्धा गरेको पाइएको ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x