
मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल पहरी प्रभाग बलम्बुलाई सीसी क्यामेरा र गोप्रो क्यामेरा प्रदान गरेको छ ।
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभागलाई आवश्यक पर्ने ३ थान सीसी क्यामेरा र २ थान गोप्रो क्यामेरा प्रदान गरिएको बैंकले जनाएको छ ।
उक्त सामग्रीले अपराध नियन्त्रण तथा रोकथाम, सडक दुर्घटना न्यूनीकरण लगायतमा मद्दत पुग्ने बैंकको विश्वास छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि ९८०१११००२२, कर्जा सेवाको लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।