×

NMB BANK
NIC ASIA

पाकिस्तानका राष्ट्रपतिकी छोरी आसिफा औपचारिक रुपमै राजनीतिमा प्रवेश

काठमाडाैं | चैत ७, २०८०

NTC
Premier Steels

इस्लामावाद– पाकिस्तानका राष्ट्रपति आसिफअली जर्दारीकी कान्छी छोरी बिबी आसिफा भुट्टो जरदारी औपचारिक रुपमा पाकिस्तानको राजनीतिमा प्रवेश गरेकी छिन् । 

Muktinath Bank

राष्ट्रपति भएपछि जर्दारीका पिताले खाली गरेको राष्ट्रियसभाको सिटका लागि उम्मेदवारी दिएर उनले पाकिस्तानमा औपचारिक रूपमा राजनीतिक जीवनको थालनी गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिन्ध प्रान्तको एनए–२०७ निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि आसिफाले आइतवार उम्मेदवारी दर्ता गराएका छन् । 


Advertisment
Nabil box
Kumari

आसिफाले एनए–२०७ को उपनिर्वाचनका लागि आफ्नो मनोनयन पत्र पेश गरेका छन् । आसिफा पति नवाबशाहस्थित निर्वाचन अधिकारीको कार्यालयमा पुगेर मनोनयन पत्र बुझाएका हुन् । 

Vianet communication

पाकिस्तानका पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोका पति, असिफाका पिता तथा पाकिस्तानी राष्ट्रपति जरदारीले एनए–२०७ निर्वाचन क्षेत्रबाट पाकिस्तानको संसदीय निर्वाचनमा विजयी भएका थिए । उनी राष्ट्रपति भएपछि उनले जितेको निर्वाचन क्षेत्र खाली हुनपुगेको छ । 

राष्ट्रपति जर्दारीले आसिफालाई देशको प्रथम महिला नियुक्त गर्ने अनुमान गरिएको एआरवाई न्युजले पाकिस्तानी सरकारी स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ । यदि, असिफालाई प्रथम महिला घोषित गरिएमा विशेष गरी परम्परागत रूपमा राष्ट्रपतिको पत्नीलाई दिने गरिएको प्रथम महिलाको सम्मान पाकिस्तानको इतिहासमा पहिलो पटक राष्ट्रपतिकी छोरीलाई दिइने छ । 

पाकिस्तानकी एक मात्र महिला प्रधानमन्त्री बनेकी आसिफाकी आमा बेनजिर भुट्टो जरदारीको सन् २००७ मा रावलपिण्डीमा भएको आत्मघाती बम विस्फोट र आक्रमणमा हत्या भएको थियो ।

भुट्टोका भाइ बिलावलले यसअघि अप्रिल २०२२ मा इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएपछि बनेको पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) सरकारमा पाकिस्तानको विदेशमन्त्रीको रूपमा काम गरिसकेका छन् । 

तर, यसपटक पीपीपीले शहबाज सरिफ नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने र सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का सहअध्यक्ष आसिफ जर्दारीले आइतवार पाकिस्तानको १४ औं राष्ट्रपतिका रुपमा सपथ लिएका छन् । 

जर्दारी सेनाका प्रमुखबाहेक दोस्रो पटक राष्ट्रप्रमुख निर्वाचित हुने एकमात्र गैर–सैनिक (नागरिक) उम्मेदवार हुन् । उनले सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । 

पाकिस्तानमा फेब्रुअरी ८ मा निर्वाचन भएको थियो । इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) समर्थित स्वतन्त्र उम्मेदवारले अधिकतम ९२ सिटसहित पाकिस्तानको पहिलो शक्ति बनेपनि उनीहरू दलीय झण्डाबाट प्रतिनिधि नभएका कारण पीटीआईलाई ठूलो दलको रुपमा मान्यता दिइएको छैन । निर्वाचनमा दोस्रो धेरै ९७३० सिट जितेको नवाज शरिफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)ले संसद्मा सबैभन्दा ठूलो दलको मान्यता पाएको छ र ५४ सिट जितेको पाकिस्तान पीपीपीले दोस्रो ठूलो दलको मान्यता पाएको छ ।

निर्बाचनका समय इन्टरनेट बन्द, धाँधलीपूर्ण मतदान र मतदानमा ‘समान अवसर’ को अभाव भएको आरोप पीटीआई र अन्य धेरै दलले लगाएपछि चुनावलाई विवादास्पद मानिएको थियो ।

पीपीपी र पीएमएल–एनबीच पाकिस्तानमा सरकार गठनका लागि केही दिनको छलफलपछि सरकार गठनका लागि सहमति भएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x