×

NMB BANK
NIC ASIA

चीनसँग जोडिएको बन्दरगाहमा भएको आक्रमणमा सात पाकिस्तानी आतङ्कवादी मारिए

काठमाडाैं | चैत ७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

चिनियाँ लगानीको आधारशिला मानिने पाकिस्तानको बन्दरगाह कार्यालयमा आक्रमण गर्ने प्रयास गरेका कम्तीमा सात आतङ्कवादीलाई सुरक्षा बलले बुधबार मारिदिएको अधिकारीहरूले बताएका छन् । 

Muktinath Bank

पाकिस्तानले दशकौँदेखि दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा उग्र विद्रोहको सामना गरिरहेको छ । बलुचिस्तानमा इस्लामाबादका विरोधी पृथकतावादीहरूले प्राय विदेशी लगानीका परियोजनाहरूलाई निशाना बनाइरहन्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बलुचिस्तानको ग्वादर बन्दरगाह प्राधिकरण परिसरमा ‘घुसपैठ’ को प्रयास गर्ने सात आतङ्कवादी मारिएको स्थानीय अधिकारी सइद अहमदले बताए । अरब सागमा रहेको ग्वादर बन्दरगाहको व्यवस्थापन एउटा चिनियाँ फर्मद्वारा गरिएको छ र यसलाई आफ्नो विशाल बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाअन्तर्गत पाकिस्तानमा बेइजिङको मुकुट रत्न मानिन्छ । 


Advertisment
Nabil box
Kumari

सैन्य स्रोतका अनुसार परिसरभित्र कानून प्रवर्तन चौकीको सुरक्षा दिइरहेका चार सैनिकका साथै सात आतङ्कवादी मारिएका छन् । “आतङ्कवादीहरूले ग्रेनेड, रकेट लन्चर र कलाश्निकोभले आक्रमण गरेका थिए, उक्त क्षेत्र अब खाली गरिएको छ”, स्रोतले भन्यो । 

Vianet communication
Laxmi Bank

बलुचिस्तान प्रान्तका मुख्यमन्त्री सरफराज बुगतीले सामाजिक सञ्जाल एक्समा आठ आतङ्कवादी मारिएको जानकारी दिए । 

पृथकतावादी समूह बलुच लिबरेसन आर्मी (बिएलए) ले इमेलमार्फत विज्ञप्ति जारी गर्दै आक्रमणको दाबी गरेको थियो । बिएलएका प्रवक्ता जियान्द बलुचले सैन्य गुप्तचर कार्यालयलाई निशाना बनाइएको बताएका छन् । गत अगस्टमा बिएलएले चिनियाँ इन्जिनियरहरूलाई बन्दरगाह लैजाँदै गरेको एक सवारीमा आक्रमण गरेको दाबी गरेको थियो । 

जातीय बलुच पृथकतावादीहरूले प्राकृतिक स्रोतहरूको विशाल भण्डारको यस क्षेत्रबाट आफ्नो समुदायलाई धनको उचित हिस्सा नदिइएको लामो समयदेखि दाबी गर्दै आएका छन् । उनीहरूले विदेशी लगानीका परियोजनाहरूको सुरक्षा गर्ने पाकिस्तानी सुरक्षा बलहरूलाई प्राय निशाना बनाएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x