×

NMB BANK
NIC ASIA

राष्ट्रसङ्घमा गाजा युद्धविरामबारे मतदान हुँदै

काठमाडाैं | चैत ९, २०८०

NTC
Premier Steels

एजेन्सी–गाजामा युद्धविरामका लागि पटक–पटक गरिएको आह्वानलाई अवरुद्ध गर्दै आएको संयुक्त राज्य अमेरिकाले ‘तत्काल युद्धविराम’ को आवश्यकताबारे शुक्रवार संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा प्रस्तावको मस्यौदा पेश गर्ने भएको छ ।

Muktinath Bank

गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी क्षेत्रमा तत्काल युद्धविरामका लागि आह्वान गर्न विश्व निकायलाई रोक्न संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को भिटो प्रयोग गर्दै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फेब्रुअरीको अन्त्यमा अन्तिम भिटो पछि अमेरिकी अधिकारीहरूले बन्धकहरूको रिहाइको बदलामा ६ हप्ताको युद्धविरामको लागि गाजामा भएका कूटनीतिक प्रयासहरूको पक्षमा केन्द्रित वैकल्पिक प्रस्तावमा छलफल गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

युद्धविराम सम्झौताको प्रस्तावको पछिल्लो संस्करणमा ‘सबै पक्षका नागरिकहरूको सुरक्षा गर्न, आवश्यक मानवीय सहायता प्रदान गर्न र मानवीय पीडा कम गर्न तत्काल र दिगो युद्धविरामको आवश्यकता’लाई उल्लेख गरिएको छ ।  

Vianet communication

त्यसैले प्रस्तावको पछिल्लो संस्करणले ‘बाँकी रहेका सबै बन्धकहरूको रिहाइको सन्दर्भमा यस्तो युद्धविराम सुरक्षित गर्ने कूटनीतिक प्रयास’लाई जोड दिएको छ । 

इजरायलको प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकाको समर्थनलाई कम गर्न अन्तर्राष्ट्रिय समुदायबाट दबाब आइरहेको समय बुधबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पछिल्लो प्रस्तावले ‘कडा सङ्केत’ दिएको बताएका छन् । 

प्रस्तावमा बन्धकहरूको रिहाईसँग जोडिएको तत्काल युद्धविरामको आह्वान गरिएको  र राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूले यसलाई समर्थन गर्ने मा आफू विश्वस्त रहेको साउदी अरब भ्रमणका क्रममा विदेशमन्त्री ब्लिन्केनले बताएका थिए । 

यद्यपि, प्रस्तावमा स्पष्ट रूपमा ‘आह्वान’ शब्द प्रयोग गरिएको छैन, बरु केवल युद्धविराम अनिवार्य छ भनेर उल्लेख गरिएको छ । रुसले प्रस्तावमा प्रयो गरिएको उक्त भाषालाई लिएर प्रस्तावलाई धेरै कमजोर भनेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि रूसी उपराजदूत दिमित्री पोल्यान्स्कीले बिहीवार सञ्चारकर्मीसँग भने, ‘तत्काल युद्धविरामको माग नगर्ने कुनै पनि कुराबाट हामी सन्तुष्ट छैनौं ।’
इन्टरनेसनल क्राइसिस ग्रुपका विश्लेषक रिचार्ड गोवनले अमेरिकाले अझै पनि कुनै पूर्वशर्तबिना युद्धविरामको माग गरिरहेको छैन ।

तर अमेरिकाको यो सीमित परिवर्तनले पनि इजरायलीहरूलाई चिन्तित तुल्याउनेछ, किनकि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संयुक्त राष्ट्रसङ्घलाई युद्धबारे कूटनीतिबाट पूर्णतया टाढा राख्न चाहन्छन् । 

कूटनीतिक स्रोतका अनुसार, संयुक्त राज्य अमेरिकासँग अब यो प्रस्ताव पारित गर्नका लागि पर्याप्त मत १५ मध्ये कम्तीमा नौ मत छ, तर रूसले भिटो लगाउन सक्ने सम्भावना कायमै छ ।

अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले यसलाई अङ्गीकार गर्न आफू आशावादी रहेको बताएका छन् । 

युद्धविरामका अतिरिक्त, प्रस्ताबले ‘गाजामा जनसङ्ख्यिकीय वा क्षेत्रीय परिवर्तनको कुनै पनि प्रयासलाई अस्वीकार गर्दछ’ र इजरायलविरुद्ध ‘अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणसहित सबै आतङ्कवादी कार्यहरू’ को निन्दा गर्दछ ।

यदि यो प्रस्ताव पारित भएमा सुरक्षा परिषद्ले पहिलो पटक इजरायलमा करिब एक हजार १६० जनाको मृत्यु भएको हमासको आक्रमणको निन्दा गर्नेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x