×

NIC ASIA

रुसी कन्सर्ट हलमा भएको आक्रमणको विश्वभरबाट निन्दा, कसले के भने ?

काठमाडाैं | चैत १०, २०८०

Prabhu Bank
NTC
Premier Steels

मस्को– मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल)मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाभन्दा बढीको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएको घटनाप्रति विश्वभरका नेताहरूले दुःख व्यक्त गरेका छन् । 

Muktinath Bank

शुक्रवार मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा ६० जनाभन्दा बढीको मृत्यु भएको रूसको अनुसन्धान समिति (आईसीआर)ले पुष्टि गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आतङ्कवादी आक्रमणका कारण ६० जनाभन्दा बढीको मृत्यु भएको प्रारम्भिक पुष्टि आईसीआरले गरेको हो । घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या थप बढ्न सक्ने आईसीआरले शनिवार बताएको छ ।  


Advertisment
Nabil box
Kumari

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिएको रुसी उपप्रधानमन्त्री तात्याना गोलिकोवालाई उद्धृत गरी रूसी सञ्चारमाध्यमहरूले समाचार सम्प्रेषण गरेका छन् । 

Vianet communication

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शुक्रवार एक विज्ञप्ति जारी गरी मस्कोमा आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । 

गुटेर्रेसले रुसको आधिकारिक नाम उल्लेख गर्दै शोक सन्तप्त परिवार, जनता र रुसी सरकारप्रति भावपूर्ण समवेदना व्यक्त गरेका छन् ।
 
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पनि शोक व्यक्त गर्दै सबै राष्ट्रलाई रुसी सरकार र अन्य अधिकारीहरूसँग आतङ्कवादका यी निन्दनीय कार्यहरूका दोषी र समर्थकहरूलाई जवाफदेही बनाउन र उनीहरूलाई न्यायको कठघरामा ल्याउन ‘सक्रिय सहयोग गर्न’ आग्रह गरेको छ । 

‘सुरक्षा परिषद्का सदस्यहरूले जघन्य र कायरतापूर्ण आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

रुसी नेता पुटिनले यस आक्रमणबारे समाचार तयार पार्दासम्म सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस जघन्य आतङ्कवादी आक्रमणको भत्र्सना गर्दै भनेका छन्, ‘दुःखको यस घडीमा भारत सरकार रुसी महासङ्घका जनतासँग ऐक्यबद्धताका साथ उभिएको छ ।’

जापानको विदेश मन्त्रालयका प्रेस सचिव कोबायाशी माकीले आक्रमणको निन्दा गर्दै जापानले शोक सन्तप्त रूसी नागरिकप्रति समवेदना प्रकट गरेका छन् । उनले घाइते जनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । 

त्यसैगरी, चिनियाँ राष्ट्रपति सी चिनफिङले आक्रमणको कडा शब्दमा निन्दा गर्दै रुसी जनता र राष्ट्रपति पुटिनप्रति समवेदना प्रकट गरेका छन् । 

चिनियाँ राष्ट्रपति सीले चीनले सबै प्रकारका आतङ्कवादको विरोध गर्ने, आतङ्कवादी आक्रमणको कडा निन्दा गर्ने र आफ्नो राष्ट्रिय सुरक्षा र स्थायित्वको रक्षाका लागि रुसी सरकारको प्रयासलाई दृढतापूर्वक समर्थन गर्ने कुरामा जोड दिएका छन् ।

विगत दुई वर्षदेखि रुसी सैन्य आक्रमणको सामना गरिरहेको युक्रेनका राष्ट्रपतिका सहयोगी माइखाइलो पोडोल्याकले टेलिग्राममा लेखेका छन्, ‘युक्रेनको यस आक्रमणसँग कुनै सम्बन्ध छैन ।’

युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले ‘मस्कोमा भएको आतङ्कवादी हमला पुटिनको आदेशमा रुसी विशेष सेवाहरूको योजनाबद्ध र सुनियोजित उक्साहट भएको’ बताउँदै युक्रेनसँगको युद्धलाई थप चर्काउने र विस्तार गर्ने उद्देश्य रहेको आरोप लगाएको छ ।

अमेरिकाले ‘भयानक’ गोलीकाण्डका पीडितप्रति समवेदना व्यक्त गर्दै थप जानकारी लिने प्रयास गरिरहेको जनाएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले पत्रकारहरूसँग भने, ‘यस भयानक गोलीकाण्डका पीडितहरुप्रति हाम्रो समवेदना छ । ‘घटनास्थल र वरपरका तस्वीरहरू भयानक छन् र हेर्न गाह्रो छ ।’

ह्वाइट हाउसका अनुसार अमेरिकाले मार्चको शुरूमा रुसका अधिकारीहरुलाई मस्कोमा हुने ‘ठूलो जमघट’लाई लक्षित गरी ‘योजनाबद्ध आतङ्कवादी हमला’ हुनसक्ने चेतावनी दिएको थियो ।

युरोपियन युनियन (ईयू)ले मस्को आक्रमणले विश्वलाई स्तब्ध बनाएको जनाएको छ । 

‘ईयूले नागरिकमाथि हुने कुनै पनि आक्रमणको निन्दा गर्दछ । प्रभावित सबै रूसी नागरिकप्रति हाम्रो समवेदना छ,’ ईयूका प्रवक्ताले बताए । 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले इस्लामिक स्टेट (आईएस)ले रुसमा गरेको आतङ्ककारी आक्रमणको कडा शब्दमा निन्दा गरेको बताएका छन् । 

‘फ्रान्सले पीडित, उनीहरूका प्रियजन र सम्पूर्ण रुसी जनताप्रति ऐक्यबद्धता प्रकट गर्दछ,’ फ्रान्सको राष्ट्रपतिको कार्यालयले उल्लेख गरेको छ । 

‘मस्को नजिकैको क्रोकस सिटी हलमा निर्दोष मानिसहरूमाथि भएको भयानक आक्रमणका चित्रहरू भयानक छन् । घटनास्थल र पृष्ठभूमिको छिट्टै अनुसन्धान हुनुपर्छ,’ जर्मनीको विदेश मन्त्रालयद्वार एक्स (ट्विटरमा)मा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । 

इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले उक्त आक्रमणलाई ‘आतङ्कवादी कार्य’ भनेका छन् । 

‘मस्कोमा निर्दोष नागरिकको नरसंहारको भयावहता अस्वीकार्य छ,’ मेलोनीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रभावित जनता र पीडित परिवारप्रति पूर्ण ऐक्यबद्धता जाहेर गर्नुभएको छ ।’

मेक्सिकोको विदेश मन्त्रालयले नागरिकको जीवनविरुद्ध हुने कुनै पनि हिंसात्मक गतिविधिलाई अस्वीकार गर्ने जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

बैशाख २५, २०८१

बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x