
यस वर्षको एसईई सुरु भएको छ । बिहीवार बिहान ८ बजेदेखि देशभर एकसाथ एसईई शुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा तथा २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैङ्गिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी छन् ।
परीक्षा चैत्र २७ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।