×

NMB BANK
NIC ASIA

असफल बन्दै सत्ता जोगाउने अन्तिम अस्त्र

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई राप्रपाले विश्वासको मत नदिने, नाउपा विवादले सरकार ढल्ने निश्चित

विश्वासको मतअघि नै राजीनामा दिने तयारीमा मुख्यमन्त्री

धनगढी | चैत २१, २०८०

NTC
Premier Steels

सत्ता जोगाउने दौडधुपमा रहेका सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको अन्तिम अस्त्र पनि असफल देखिएको छ । अल्पमतमा परेको एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्थाअनुसार शाहले बिहीवार (यही चैत २२ गते) बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । 

Muktinath Bank

‘मुख्यमन्त्रीले यही चैत २२ गते बिहीवार दिउँसो ३ बजे बस्ने बैठकमा विश्वासको मत लिनुहुने भएको छ । पत्र आएपश्चात् हामीले आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेका छौँ,’ प्रदेशसभा सचिव देवबहादुर बोगटीले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null 


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री शाहलाई बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक हुन्छ । सुदूरपश्चिम प्रदेशसभामा रहेका मुख्यमन्त्रीको दल नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक र एक स्वतन्त्र सदस्यको समर्थन जुटाएर विश्वासको मत पुर्याउने रणनीतिमा मुख्यमन्त्री रहेका छन् ।

Vianet communication

शाह सरकार ढल्ने निश्चित 

त्यसो त मुख्यमन्त्री शाहले सरकार टिकाउनकै लागि प्रदेशसभामा सात सदस्य रहेको नाउपाका पाँच जनालाई मन्त्री बनाएका थिए । यस्तोमा पनि उनले नाउपाबाट विश्वासको मत नपाउने भएका हुन् । नाउपाका २ जना प्रदेशसभा सदस्यले मत नदिने बताइसकेका छन् । योसँगै शाह सरकार ढल्ने निश्चित भएको हो । 

‘हामी केन्द्रीय अध्यक्षको निर्णयविपरीत जाँदैनौँ । उहाँको निर्णयअनुसार नै हामी अगाडि बढ्छौँ । वर्तमान सरकारलाई हाम्रो समर्थन छैन । केही साथीहरू निर्णयविपरीत मन्त्री खान गएका छन् । अहिलेका मुख्यमन्त्रीलाई विश्वासको मत दिन्न,’ नाउपाका एक प्रदेश सभा सदस्यले भने ।

यसैबीच नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छिन् । समानुपातिक सांसद रहेकी गिरीलाई पदमुक्त गरेको पत्र प्रदेशसभामा पठाएको बताइएको छ । 

पार्टीको निर्णयविपरीत सरकारमा सामेल भएकी गिरीले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नै नदिएपछि उनलाई कारबाही गरिएको हो ।

नाउपा अध्यक्ष श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेकी छिन् । महत्वपूर्ण विषयमा ह्वीप लगाउने अधिकार केन्द्रीय अध्यक्षलाई नै भएकाले मुख्यमन्त्री शाहको विपक्षमा मतदान गर्न निर्देशन दिइएको ह्वीप पत्रमा उल्लेख छ ।

null

नाउपाका सबै सांसदले विश्वासको मत दिएको खण्डमा पनि शाह सरकार सुरक्षित भने छैन । कांग्रेसका १८ र नाउपाका सात सांसद जोड्दा २५ मात्रै हुन्छ । सरकार जोगाउनका लागि उनलाई २७ जना सांसदको साथ आवश्यकता छ । प्रदेशसभामा एक सिट रहेको राप्रपाले मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ । राप्रपाबाट खेमादेवी विष्ट प्रदेशसभा सदस्य छिन् । ‘हाम्रो पार्टीले सरकारमा सामेल पनि नहुने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ । त्यहीअनुसार म अगाडि बढ्छु । बिहीवार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री शाहले अहिलेसम्म मसँग समन्वय पनि गर्नुभएको छैन । अहिलको अवस्थासम्म हामी विश्वासको मत नदिने पक्षमै छौँ । भोलि पार्टीले कुनै अर्को निर्णय नगरेको खण्डमा यो सरकार ढल्ने निश्चित छ,’ उनले भनिन् ।

यदि नाउपा र राप्रपा तयार भएको खण्डमा पनि प्रदेशसभामा स्वतन्त्र सांसद रहेका डा तारा जोशीको साथ अत्यावश्यक छ । उनको साथ विना प्रदेशसभामा बहुमत पुग्दैन । यस्तो सरकार ढल्छ । नाउपा र राप्रपा तयार भएको खण्डमा भने आफू बाधक नबन्ने स्वतन्त्र सांसद जोशी बताउँछन् । ‘मेरो एक भोटका कारण सरकार ढल्न दिन्नँ । त्यसका लागि सबैजना तयार हुनुपर्यो,’ उनले भने ।

के छ विश्वासको मत लिने आधार ?

null 

केन्द्रमा फेरिएको समीकरणसँगै मुख्यमन्त्री शाहले फागुन २२ गते प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई पदमुक्त गरेका थिए । त्यसको भोलिपल्ट माओवादी केन्द्र संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए । त्यसको केही दिनमै नेकपा (एकीकृत समाजवादी)को तर्फबाट सरकारमा सहभागी आर्थिक मामिलामन्त्रीलाई शाहले पद मुक्त गरेपछि सो दलले पनि समर्थन फिर्ता लिएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार एक महिनाभन्दा बढी समय अल्पमतको सरकार सञ्चालन गर्न पाइँदैन । त्यही व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरेका हुन् । तर विश्वासको मत पाउने आधार नदेखिएपछि उनी राजीनामाको तयारीमा रहेको उनीनिकट स्रोतको दाबी छ । 

‘मुख्यमन्त्री शाहले अन्तिम समयसम्म पनि नाउपा, राप्रपा र स्वतन्त्र सांसदलाई मिलाउने प्रयास गर्नुभयो  ।तर सफल हुन सक्नुभएन । २३ गते ३ बजे विश्वासको मत लिन समय तोकिएको छ । उहाँ अझै पनि सबैलाई मिलाउने प्रयासमा हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘सम्भव भए सरकार जोगिन्छ । त्यो सम्भव नभए विश्वासको मत लिनुअघि नै उहाँले राजीनामा दिनुहुन्छ ।’


 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x