×

NMB BANK
NIC ASIA

नयाँ सरकारको पर्खाइमा लुम्बिनी प्रदेश

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा, खुल्यो नयाँ सरकार बन्ने बाटो

बुटवल | चैत २२, २०८०

NTC
Premier Steels

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । सदन ‘फेस’ गर्न नसकेपछि उनले बिहीवार प्रदेशसभा बैठकलाई​ सम्बोधन गर्दै राजीनामा दिएका हुन् । 

Muktinath Bank

राजीनामा दिनुअघि चौधरीले आफ्नो दल नेपाली कांग्रेसका प्रदेश पदाधिकारी, सरकारका मन्त्री र प्रदेशसभा सदस्यहरूसँगको छलफल गरेका थिए । संघमा फेरिएर बनेको नयाँ ‘मिलिजुली’ गठबन्धन बनेपछि मुख्यमन्त्री चौधरी अल्पमतमा परेका थिए । ५३ सांसदको समर्थनमा चौधरी गत वैशाख १४ गते मुख्यमन्त्री बनेका हुन् । दाङ क्षेत्र नम्बर ३ (क)बाट निर्वाचित सांसद चौधरी कांग्रेस संसदीय दलको नेता हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चौधरीले राजीनामा दिएसँगै लुम्बिनीमा नयाँ सरकार बन्ने बाटो खुलेको छ । नयाँ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्दै छन् । 


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा रहेर लामो समय काम गरेका उनी रोल्पा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद हुन् । महरा यसअघि नेकपा (एमाले)का नेता लीला गिरी नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए । 

Vianet communication

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादी (सभामुखसहित) ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का र नागरिक उन्मुक्तिका ४/४, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३/३, जनमोर्चा र नेकपा  (एकीकृत समाजवादी)का १/१ र एकजना स्वतन्त्र सांसद छन् ।  राप्रपाका एकजना सांसद भ्रष्टाचार अभियोगमा निलम्बनमा परेका छन् । 

महराले एमाले, माओवादी, जसपा, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी र एकजना माओवादीनिकट स्वतन्त्र प्रदेशसभा सदस्यलाई समेटेर सरकार बनाउने तयारी गरेका छन् । 

संसद्मा सम्बोधन गर्दै उनले अहिलेको अवस्था हामीलाई संघीयता रहने र नरहने अवस्था सिर्जना भएको बताए । फोटो झुण्ड्याउनका लागि मात्र संघीयता आएको उनको गुनासो थियो । प्रदेशले औचित्य पुष्टि गर्न नसकेको उनले टिप्पणी गरे ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x