कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
काठमाडाैं | चैत २४, २०८०
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि शनिवार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । यससँगै उपनिर्वाचनका चहलपहल ह्वात्तै बढेको छ ।
इलाम–२ को प्रतिनिधिसभा र बझाङ प्रदेशसभा– १ मा हुने उपनिर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुन लागेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारीमाथि चैत्र २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ ।
००००
नेकपा माओवादी केन्द्रले इलाम–२ मा वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गरेको छ ।
दुवै पार्टीका जिल्ला संयोजकले शुक्रवार विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रले गरेको निर्णयलाई औपचारिकता दिँदै एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई मतदान गर्न मतदातासँग अपिल गरेका छन् ।
००००
निर्वाचन आयोगले देशभर १० हजार ८९२ मतदानस्थल तोकेको छ । आयोगको बुधबार र बिहीबार बसेको बैठकले देशभर १० हजार ८९२ मतदानस्थल तोक्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार आगामी वैशाख १५ गते हुने उपनिर्वाचन प्रयोजनका लागि इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र तोकिएको छ । यस्तै, बझाङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
००००
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रुसी सेनामा आबद्ध नेपालीको उद्धारका लागि आवश्यक पहल गर्न प्रधानमन्त्रीसँग तत्काल छलफल गर्ने बताएका छन् ।
रुसी सेनामा आबद्ध नेपालीका परिवारसँगको शुक्रबार भएको कुराकानीका क्रममा मन्त्री लामिछानेले समस्याबारे आफू पूर्ण जानकार रहेको भन्दै अन्तर देशीय समन्वय प्रभावकारी नहुँदा समस्या भएको र त्यसबारे प्रधानमन्त्रीसँग तत्काल छलफल गर्ने जानकारी दिए ।
००००
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले बिहीवार साँझ राजीनामा दिएपछि प्रदेश प्रमुखले मियाँले शुक्रवार नयाँ सरकार गठनका लागि वैशाख २ गतेसम्ममा दाबी पेश गर्न आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टद्वारा हस्ताक्षर गरिएको पत्रमा संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई वैशाख २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेश गर्न भनिएको छ ।
००००
क्रिकेट सन्दीप लामिछानेविरुद्धको मुद्दामा उच्च अदालत पाटनले प्रत्यर्थी (विपक्षी) झिकाउने आदेश गरेको छ ।
न्यायाधीशद्वय नृपध्वज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले शुक्रवार उक्त आदेश गरेको हो । पाटन उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार वैशाख ३ गतेका लागि पेशी तोकिएको हो ।
००००
जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न ५ स्थानीय तहमा कफ्र्यु आदेश जारी गरेको छ ।
कामू प्रमुख जिल्ला अधिकारी वेदराज फुयलद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवानगन्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा शुक्रबार अपरान्ह ५ बजेदेखि लागू हुने गरी कफ्र्यु आदेश जारी भएको जनाइएको छ ।
००००
नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन आगामी वर्षको पुस मसान्तभित्र हुने भएको छ । संघको केन्द्रीय कमिटीको बैठकले आगामी वर्षको पुसमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको मिति भने माउ पार्टी कांग्रेससँगको समन्वयमा तोक्ने निर्णय गरेको छ ।
००००
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले महरालाई शुक्रवार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
महरा रोल्पाबाट निर्वाचित महरा लुम्बिनी प्रदेशका पाँचौं मुख्यमन्त्री बनेका छन् ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रको एकतामाथि धावा बोल्ने प्रवृत्ति हावी भएको र देश असफल बन्ने अवस्था देखिएपछि कांग्रेस–माओवादीको गठबन्धन तोड्नु परेको बताएका छन् ।
नयाँ बनेको समीकरण सफलतापूर्वक अगाडि बढिरहेको उनले बताए ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफू निष्ठापूर्वक लागिरहने स्पष्ट पारेका छन् ।
जनज्योति क्याम्पस भीमाद तनहुँको १६औं वार्षिकोत्सव तथा नवनिर्मित भवन उद्घाटन समारोहलाई शुक्रवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
००००
काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका विद्यालयलाई शैक्षिक सत्र २०८१ का लागि पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै किन्न बाध्य बनाए कारबाही गर्ने चेतावनी दिएको छ ।
कामपा शिक्षा विभागले सामुदायिक र संस्थागत दुवै विद्यालयलाई परिपत्र गर्दै चेतावनी दिएको हो ।
००००
नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा शुक्रबार भने गिरावट देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ३२ हजार सात सय निर्धारण भएको छ । बिहीवार छापावाला सुन प्रतितोला रु एक लाख ३४ हजारमा कारोबार भएको थियो ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...