×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

गण्डकीमा एमालेको बलमिच्याइँ, लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार

काठमाडाैं | चैत २६, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

Muktinath Bank

नेकपा एमालेले केही समयअघि आफैं सर्वोच्च अदालत गएर स्थापित गराएको नजिरविपरीत गण्डकी प्रदेशमा नयाँ सरकार गठन गरेको छ । 
एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल समेतको हस्ताक्षर प्रयोग गरी आइतबार मुख्यमन्त्री बनेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि कोशी प्रदेशका एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सर्वोच्चको पूर्ण इजलासले सभामुखले सरकार गठनका लागि हस्ताक्षर गर्न नमिल्ने फैसला सुनाएको थियो । साथै, त्यसरी मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय समेत बदर गरिदिएको थियो ।
ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सुनाएको फैसलामा भनिएको छ, ‘सभामुखको पदमा बहाल रहेको व्यक्तिले प्रदेश सभा सदस्यको पनि हैसियत रहेको भनी छुट्टै, थप वा दोहोरो भूमिका दाबी गर्न मिल्दैन । निजले सभामुखको भूमिकामा सीमित रहनुपर्छ ।’ 


Advertisment
Nabil box
Kumari

नयाँ सरकार गठन भएसँगै कांग्रेस अदालत जाने तयारीमा जुटेको छ । कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुखलाई पत्र लेखेर गैर(संवैधानिक नियुक्ति नगर्न आग्रह गरेका थिए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिने बताएका छन् ।

Vianet communication

बागमती प्रदेश खेलकुद परिषद्द्वारा आइतबार आयोजित प्रथम अन्तर प्रदेश राष्ट्रिय प्रतियोगितामा उनले भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरिसकेको र आवश्यक बजेट पनि प्रबन्ध गरिने बताए ।
००००
सरकारले सङ्घीय संसद् सचिवालयमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकको उक्त निर्णय गरेको आइतबार सिंहदरबारमा सञ्चारकर्मीलाई जानकारी दिइन् ।
००००
नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले आइतवार न्यौपानेलाई दोषी ठहर गरेको हो । उनलाई सजाय निर्धारणका लागि आगामी वैशाख १६ गते पेशी तोकिएको छ ।
००००
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लोकतन्त्रलाई सुदृढ र निर्वाचन प्रणालीलाई व्यवस्थित तुल्याउन गरी अघि बढाइएको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदालाई सार्वभौमसत्ता सम्पन्न संसद्ले थप समृद्ध तुल्याउने बताएका छन् ।

निर्वाचन व्यवस्थापन विधेयक र प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उपनिर्वाचनका सम्बन्धमा निर्वाचन आयोगद्वारा आयोजित अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

जुन विषयवस्तुले निर्वाचन प्रणाली र संसद्लाई समृद्ध र प्रभावकारी तुल्याउँछ त्यसलाई सबै पक्षले सहयोग र समर्थन गर्नुपर्ने उनको भनाइ थियो ।
००००
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सफल भएको बताएका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले कार्यालय समयभित्र आवश्यक कागजपत्र तथा विवरण अनलाइन प्रविधिमार्फत दर्ता गरेको एक घण्टाभित्र आफ्नै मोबाइल फोनमा श्रम स्वीकृति प्राप्त गर्न सकिने बताए ।
००००
न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिइने परीक्षामा न्यूनतम उत्तीर्ण अङ्क ४० प्रतिशत कायम गर्ने विषयमा सहमति भएको जनाएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि आइतबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विषयमा दफावार छलफल हुँदा उक्त सहमति भएको हो ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आइतबार २२ दशमलव ७५ अङ्कले बढेको छ ।
एक दशमलव १३ प्रतिशतले बढेको परिसूचक २ हजार २६ अङ्कमा पुगेको छ ।
००००
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले चार सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् ।
शुक्रवार मुख्यमन्त्री पदको शपथ लिएसँगै महराले तीन जना मन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री महराको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमालेबाट चेतनारायण आचार्य र नेकपा माओवादी केन्द्र दीपेन्द्र पुन मगर र जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिरलाई शपथ ग्रहण गराए । 

आचार्य अर्घाखाँचीका, पुन रोल्पा र अहिर बाँकेका हुन् । उनीहरूको जिम्मेवारी तोकिएको छैन ।
००००
गठन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारीले अबको महाधिवेशनमा आफू पार्टी सभापति पदमा उम्मेदवार हुने घोषणा गरेका छन् । 

नेपाल प्रेस युनियन रुपन्देहीले आइतवार बुटवलमा गरेको पत्रकार भेटघाटमा उनले यस्तो घोषणा गरेका हुन् ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x