×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा बैठक

सहकारी ठगीमा गृहमन्त्री दोषी देखिने भएपछि अनुसन्धान रोकियो : कांग्रेस

काठमाडाैं | चैत २८, २०८०

NTC
फाइल तस्वीर
Premier Steels

नेपाली कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेलाई दोषी देखाउने प्रहरीले तयारी गरे पनि सरकारको समीकरण फेरिएपछि रोकिएको दाबी गरेको छ ।

Muktinath Bank

प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले प्रहरीले रविलाई दोषी किटान गर्न खोजे पनि सरकार परिवर्तन भएर रवि गृहमन्त्री भएपछि रोकिएको दाबी गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सहकारी ठगी प्रकरणमा काठमाडौंबाट सीआईबीले तत्कालीन प्रमुखको नेतृत्वमा प्रदीप क्षेत्री र रवि घिमिरे दुई जना प्रहरीलाई पोखरामा छानबिन गर्न पठायो । छानबिनले अहिलेको गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको रिपोर्ट तयार गर्दै थियो’, उनले भने, ‘समीकरण परिवर्तन भएपछि यो रिपोर्ट परिवर्तन गर्ने काममा लाग्यो भन्ने हामीलाई आभाष भयो । त्यसैले गृहमन्त्री जसको बारेमा छानबिन हुँदै थियो । त्यसै संस्थामा प्रमुख भएर आइसकेपछि छानबिन गर्ने प्रक्रिया रोकियो र सहकारी पीडितहरू झन् पीडित हुने अवस्था गए भन्ने आशंका उत्पन्न भयो ।’ 


Advertisment
Nabil box
Kumari

सहकारी विभागमा रवि लामिछानेको नाम लिएर सहकारी ठगीबारे प्रहरीमा उजुरी पुगेको उनले बताए ।

Vianet communication

प्रश्न उठेपछि गृहमन्त्रीले राज्य व्यवस्था समितिमा आएर गृहमन्त्रीले छानबिन गर्छौं भने पनि नभएको उनले बताए । अनुसन्धानमा प्रहरीले पैसा अपचलनमा अनुसन्धान शुरु गरे पनि सत्ता समीकरण परिवर्तन भएको उनले बताए । 

‘प्रधानमन्त्रीले संसद्‌मा जवाफ दिनुभयो । तर प्रधानमन्त्रीका रुपमा होइन गठबन्धनका प्रमुखको रुपमा जवाफ दिनुभयो । गठबन्धन भत्किन्छ भनेर बचाउन जवाफ दिनुभयो’, उनले भने, ‘दोषीलाई उम्काउन मिल्दैन भनेर हामीले छानबिन आयोग, यसले दूधको दूध पानीको पानी छुट्याइयोस् भन्यौं । समिति दोषी भए प्रमाणित निर्दोष भए पनि प्रमाणतिर गरोस् भन्यौं । एक महिनादेखि माग गर्दै आएका छौं । तर पूरा भएन । कोही निर्दोष छन् भने समिति गठनमा किन आपत्ति ?’

काठमाडौं, बुटवल, भैरहवा, चितवनका सहकारीबाट अराबौं गोर्खा मिडियामा लगानी हुँदा रवि पनि त्यस मिडियाको प्रमुख हिस्सा भएको पनि उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x