×

NMB BANK
NIC ASIA

हमासविरुद्ध इजरायलको युद्धको अमेरिकी राष्ट्रपति बाइडेनले गरे अहिलेसम्मकै कडा आलोचना

काठमाडाैं | चैत २८, २०८०

NTC
Premier Steels

गाजा–अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासविरुद्ध इजरायलको युद्धको अहिलेसम्मकै सबैभन्दा कडा आलोचना गर्दै इजरायली दृष्टिकोणलाई ‘गलत’ भन्नुभएको छ । 

Muktinath Bank

विगत ६ महिना लामो युद्धका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको भन्दै विश्वव्यापी आक्रोश बढेसँगै बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले द्वन्द्व व्यवस्थापनलाई सही दिशा दिन नसकेको बताएका छन् । उनले गाजामा युद्धविरामको आवश्यकता दोहोर्याए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मलाई लाग्छ, उहाँले जे गरिरहनुभएको छ, त्यो गल्ती हो । म उहाँको दृष्टिकोणसँग सहमत छैन,’ बाइडेनले स्पेनी भाषाको टीभी नेटवर्क युनिभर्सियनलाई दिएको अन्तर्वार्तामा भने ।


Advertisment
Nabil box
Kumari

उनले नेतन्याहूलाई ‘युद्धविरामका लागि आह्वान गर्न, आगामी छदेखि आठ हप्ताका लागि अनुमति दिन र देशमा जाने सबै खाद्यान्न र औषधिमा पूर्ण पहुँच प्रदान गर्न’ आग्रह गरे । 

Vianet communication

अमेरिका, कतारी र इजिप्टका मध्यस्थकर्ताहरूले युद्धविराम र बन्धक मुक्त सम्झौतामा प्रगति खोजिरहेका बेला बाइडेनको यो टिप्पणी आएको हो । जसले गाजा पट्टीमा बढ्दो भोकमरी सङ्कटलाई सम्बोधन गर्न सहायता वितरण बढाउने प्रस्ताव पनि गरेका छन् । 

इजरायलले सहायतामा कुनै प्रतिबन्ध नलगाएको र अमेरिका र संयुक्त राष्ट्रसङ्घको मागलाई पालना गरेको जनाएको छ ।

मानवीय सामग्रीको प्रवाह बढाउन कदम चाल्न इजरायल सरकारको नाममा सर्वोच्च अदालतबाट बुधवारसम्मको समयसीमा तोकिएको छ । 

इजरायलले राहत सामग्रीको प्रवेशमा प्रतिबन्ध लगाएको र गाजावासीलाई आधारभूत आवश्यकता प्रदान गर्न असफल भएको आरोप लगाउने पाँच गैरसरकारी संस्थाहरूले यो मुद्दा उठाएका थिए ।

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय यूएनआरडब्लूएले मङ्गलवार भनेको छ, ‘अनिकालको खबर पछि फेब्रुअरी र मार्चमा ४० प्रतिशतभन्दा बढी खाद्यान्न वितरण अभियानलाई बञ्चित गरिएको छ । मार्चपछि कुनै पनि यूएनआरडब्लुएका खाद्य सामग्री बोकेका गाडीलाई अनुमति दिइएको छैन ।’

मानवतावादीहरूले इजरायलले गाजामा भोकमरीलाई युद्धको विधिको रूपमा प्रयोग गरेको आरोप लगाएका छन्, जहाँ संयुक्त राष्ट्रसङ्घका विशेषज्ञहरूले गाजाको जनसङ्ख्याको भण्डै आधा अर्थात् ११ लाख व्यक्तिले ‘घातक’ खाद्य असुरक्षाको सामना गरिरहेको बताएका छन् । 

कोगाट नामक समुद्रपार आपूर्ति गर्ने इजरायली निकायका अनुसार आइतबार र सोमवार ७४१ वटा सहायता ट्रक गाजा प्रवेश गरेका छन् भने मङ्गलवार थप ४६८ वटा ट्रक गाजा प्रवेश गरेका छन् ।

अक्टोबर ७ मा युद्ध शुरू हुनुअघि दैनिक करिब ५०० ट्रकले गाजालाई आपूर्ति गर्थे ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)की प्रशासक सामन्था पावरले पछिल्ला दिनहरूमा गाजामा आपूतिका लागि समुद्री क्षेत्रमा परिवर्तन देखिएको तर इजरायलले अझै धेरै गर्न आवश्यक रहेको बताए । 

उनले मङ्गलवारको सुनुवाइका क्रममा अमेरिकी सांसदहरूसँग भने, ‘गाजा र सुपरमार्केटमा अनिकालजस्तो अवस्था छ भने खाद्यान्न प्रवेशका लागि बाटो अवरोध हुँदा केही किलोमिटर टाढा खाद्यान्नको ह्रास लागेको छ ।’

ह्वाइट हाउसले इजरायलले युद्धविरामका लागि ‘केही कदम अघि बढाएको’ बताएको छ भने हमासको प्रतिक्रिया ‘उत्साहजनक भन्दा कम’ रहेको बताएको छ ।

पछिल्लो प्रस्तावअनुसार छ हप्तासम्म युद्ध रोकिने, गाजामा रहेका करिब ४० महिला र बालबालिकालाई इजरायलले बन्धक बनाएका सयौं प्यालेस्टाइनी कैदीसँग आदानप्रदान गर्ने र दैनिक ५०० सम्म सहायता ट्रक गाजा प्रवेश गर्ने हमासको स्रोतले जनाएको छ ।

हमासका नेता इस्माइल हनियेहले इजरायलले युद्ध अन्त्यको मागलाई सम्बोधन गर्न असफल भएको आरोप लगाएका छन्, इजरायली प्रधानमन्त्री नेतन्याहूले इजरायलले ‘आफ्ना सबै बन्धकहरूलाई’ घर फर्काउने र गाजा क्षेत्रबाट लडाकूहरूलाई हटाउने दोहोरो लक्ष्य हासिल गर्नुपर्ने बताएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x