×

NMB BANK
NIC ASIA

वर्षा र हावाहुरीले राहत

काठमाडौंको प्रदूषण केही घट्यो, वायु अझै अस्वस्थकर

काठमाडाैं | चैत ३०, २०८०

NTC
Premier Steels

वर्षाले काठमाडौं उपत्यकाको वायुमण्डलमा रहेको धुवाँ-धुलोको मात्रा केही घटाएको छ । काठमाडौंमा बिहीबार हल्का वर्षा भएको थियो । केही दिनदेखि वायु प्रदूषणको चपेटामा रहेको काठमाडौंमा वर्षा र हावाहुरीले केही राहत मिलेको हो । 

Muktinath Bank

तुवाँलोले छोपेको आकाशमा डढेलोको धुँवा मिसिँदा जनजीवन निकै प्रभावित भएको थियो, तर हावाहुरीले धुलो–धुवाँ बढारेको छ भने पानीले पखालिदिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्षाले काठमाडौंको वायु प्रदूषण घटेको आइक्यु एयर इन्डेक्सले जनाएको छ । रियल टाइममा मापन गर्ने वायु शुद्धता सूचकांकअनुसार अहिले नेपालमा विश्वका प्रदूषित शहरमध्ये काठमाडौं चौथो स्थानमा छ ।


Advertisment
Nabil box
Kumari

अहिले बिहान ७ बजे काठमाडौंको प्रदूषणको अवस्था एक्यूआई १६६ छ । भारतको राजधानी दिल्ली पहिलो स्थानमा र चीनको बेइजिङ शहर दोस्रो स्थानमा छ । दिल्लीको एक्यूआई २१४ र बेइजिङको १९७ छ ।

Vianet communication

बंगलादेशको राजधानी ढाकाको प्रदूषणको अवस्था एक्यूआई १७९ छ ।

१५१ देखि २०० एक्यूआईलाई ‘अस्वस्थकर’ मानिन्छ । २०१ देखि ३०० सम्म एक्यूआईलाई अत्यन्तै अस्वस्थकर मानिन्छ।

एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ । 

वन तथा भूसंरक्षण विभागका अनुसार विगत ६ दिनयता देशभर १३८ स्थानमा डढेलो लागेको थियो । जसका कारण वायुमण्डलमा प्रदूषित बन्न पुगेको हो ।

डढेलोका कारण वायुमण्डलमा परेको असरले श्वासप्रस्वासमा समस्या हुने गरेको चिकित्सकहरू बताउँछन् । वायुमण्डलमा हुने ‘एयर क्वालिटी इन्डेक्स’ को मात्रा बढ्दा मानव स्वास्थ्य नराम्रोसँग प्रभावित भइरहेको भरतपुर अस्पतालका फिजिसियन डा. प्रतीक न्यौपानेले बताए ।

वायु प्रदूषणका कारण बालबालिकामा दमको समस्या देखापर्न सक्ने डा प्रतीक न्यौपानेले बताए । वायुमण्डलमा भएको प्रदूषणका कारण मुख तथा नाक सुक्खा हुने हुँदा नियमित पानीको सेवन गर्ने, झोलिलो पदार्थ सेवन गर्ने, माक्स लगाएर मात्रै घरबाहिर निस्कनेलगायत उपाय अपनाउन सकिने उनको सुझाव छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x