×

आँखैअगाडि श्रीमान् गुमाएकी तुलकुमारीको बयान

त्यो रात घाइते सेनाले ढोका नढक्ढक्याएको भए !

काठमाडाैं | बैशाख १, २०८१

पोखरा– रगतले लत्पितिएकोे भुइँ । काखमा दुई वर्षे छोरी । हर छोपेको कपडा रगतले नै रुझेको । सिनेमामा देखाउने ‘फाइट’जस्तो बन्दुक र बारुदको आवाज । छत छेडेर आएका गोली शरीरको वारपार भए । यी दृश्य कुनै थ्रिलर सिनेमाका होइनन् । यो २० वर्षअघि तुलकुमारी गैरेको आँखाअघि घटित घटना हो । जो आजसम्म पनि उनको मानसपटलमा ताजै छ । 

Laxmi Bank

म्याग्दीको बेनी बजारमा रहेको तत्कालीन जिल्ला विकास समिति (जिविस)कार्यालयमा तुलकुमारीका श्रीमान्ले चमेना गृह (क्यान्टिन) चलाउँथे । श्रीमान्लाई साथ दिन उनीसँगै बसेकी थिइन् । मंगला गाउँपालिका वडा नं ५ बाट बेनी झरेको यो दम्पतीले चमेना गृहबाट जीविका चलाएको थियो । काखमा दुई वर्षीया छोरी हुर्कँदै थिइन् । 


Advertisment

२०६० चैत ७, बेनी आक्रमणको रात थियो । जुन रातले तुलकुमारीको सानो परिवार उजाडियो । आँखैअघि उनीबाट श्रीमान्को साथ खोसियो । आक्रमणमा उनका श्रीमान्ले ज्यान गुमाए । ‘दोहोरो भिडन्तमा कसको गोली लाग्यो थाहा भएन,’ उनी भावुक हुँदै त्यो घटना सम्झिन्छिन् । 


Advertisment

त्यो रात दैनिकी सकेर सुत्ने तरखर थियो तुलकुमारीको परिवार । अचानक गोली चल्यो । बस्तीमै भीडन्त शुरू भयो । बाहिरको माहोल कोलाहलको थियो । यस्तोमा तुलकुमारीले काखमा छोरी च्यापिन् । यसपछि श्रीमान् र जेठाजुको छोरासहित खाटमूनि लुकिन् । त्यत्तिकैमा घाइते तत्कालीन शाही नेपाली सेनाका सदस्यले पानी माग्दै ढोका ढक्ढक्याए । 

दैलोमा घाइते आएपछि पानी नदिइ बस्न उनको श्रीमान्को मनले मानेन । ज्यान जोगाउन आड लिइरहेको स्थान छोडेर श्रीमान्ले पानी दिन ढोका उघारे । ढोका के खोलेका थिए गोलीले उनको शरीर छेड्यो । गोलीको प्रहारले रनथनिँदै उनी कोठाबाट बाहिर निस्किए । कोठा बाहिर निस्किएपछि उनको शरीरमा थप गोली लाग्यो । तुलकुमारीका श्रीमान्ले यसरी नै उनकै अघि सास गुमाए । 

‘घाइते आर्मी आएर पानी खाम है गैरै दाइ भने । चुकुल खोलेर पानी दिन्छु भन्दा गोली आएर कोखमा लाग्यो । उहाँलाई गाह्रो भएर बाहिर निस्किँदा फेरि अर्को गोली लाग्यो । आँगनमा उहाँको सास गयो,’ उनले सम्झिन् त्यो कहालीलाग्दो रात । 

null

श्रीमान्को ज्यान जाँदा पनि केही गर्न नसक्ने विवशता तुलकुमारीमा थियो । उनले भने खाटमुनि नै छोरी च्यापेर रात कटाइन् । त्यो बेला उनलाई अँगालेर रुने माहोलसमेत बनेन् । बिहान ८ बजेसम्म बेनीमा दोहोरो भीडन्त भयो । दिउँसो ३ बजेमात्र उनको परिवारलाई सुरिक्षत निकालियो । उनीहरू रगतले लत्पतिएको अवस्थामा थिए ।

गत चैत ७ गते बेनी आक्रमणको २० वर्ष पुगेको छ । तुलकुमारीको मनमा अझैपनि एउटा कुरा खेल्छ– त्यो रात घाइते सेनाले ढोका नढक्ढक्याएको भए !

‘घाइते मान्छे नआएको भए खाटैमुनि बसेर मेरा श्रीमान् पनि बच्न हुन्थ्यो कि जस्तो लाग्छ मलाई । गोली खाटमुनि त पुग्दैनथ्यो होला नि !’, गहभरी आँशु पार्दै उनले भनिन् । 

यी त लुलकुमारीको मनमा खेल्ने बात हुन् । तर, उनले सत्यलाई स्वीकार गरिसकेकी छिन् । श्रीमान्को यादन भने उनको मनमा गहिरोसँग गढेको छ । त्यसलाई चिर्दै उनले आफू र छोरीको जीवन धान्न एक्लै उभिन सिकेकी छिन् । ‘मनमा गहिरो घाउ त छ नि !’, उनी भन्छिन्, ‘यही चोटले नै मलाई बलियो पात्रका रुपमा उभ्याएको छ ।’ द्धन्द्धमा आफन्त गुमाउने म एक्ली पात्र होइन भन्ने बुझेर उनले मन बुझाउने गरेकी छिन् ।  

श्रीमान्को साथ छुट्दा तुलकुमारी २५ वर्षकी मात्र थिइन् । उनले छोरीको जिम्मेवारी एक्लै सम्हाल्नुपर्ने भयो । सरकारले १० लाख रुपैयाँ राहत त थियो । तर त्यो पनि किस्तैकिस्तैमा मा पाइन् । छोरी पढाउनेदेखि सबै खर्च धान्नु नै पर्ने थियो । अक्षर चिन्न नपाएकी उनलाई त्यस्तै काम भागमा पर्ने कुरा भएन । श्रीमान्ले काम गर्ने कार्यालयमा अहिले कार्यालय सहयोगीका रुपमा उनले जागिर पाएकी छिन् । त्यही हो अहिले उनको जीविकोपार्जनको माध्यम । एक्लो संघर्षबीच छोरी हुर्काइन् ।
१२ पास गरेपछि छोरीले बेनी बजारमै बसेर स्नातकको सट्टा जापानिज भाषा पढ्न थालिन् । ‘छोरी पढाउन गाह्रो भयो । मान्छेले एकल महिला भनेपछि हेप्ने गर्थे । यसका बीच संषर्ष गरेर पढाएँ । पढ्दैगर्दा भिसा आयो । अहिले त्यही पढाइबाट विदेश गएकी छे,’ खुसी हुँदै उनले सुनाइन् ।  

तुलकुमारीकी छोरी विदेश गएको दुई वर्ष भइसकेको छ । कार्तिकमा एकवर्ष पुगेपछि कात्तिकमा घर आएकी थिइन् । आक्रमणको रात सम्झिँदा मलिन हुने उनको अनुहार छोरीलाई देख्दा त्यसै हर्षित हुन्छ । 

जेठ १९, २०८१

ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

श्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

विपरीत दिशाका यात्री

विपरीत दिशाका यात्री

भदौ २९, २०८१

केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो ।  बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...

x