×

NMB BANK
NIC ASIA

चुनावी रौनक

इलाम–२ मा मतदाता फकाउँदै उम्मेदवार, अनेक आश्वासन बाँड्दै घरघरमा

काठमाडाैं | बैशाख १, २०८१

NTC
Premier Steels

रामकुमार लिम्बू, फिक्कल–इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा उम्मेदवारहरूले सक्रियता बढाएका छन् । उम्मेदवारहरू विभिन्न मुद्दा लिएर मतदाताका घरघरसम्म पुगेका छन् । उपनिर्वाचन नजिकिएसँगै उम्मेदवार प्रचारप्रसारलाई तीव्रता दिएका छन् । 

Muktinath Bank

यस निर्वाचन क्षेत्रमा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी मैदानमा छन् ।  उनीहरू विभिन्न आश्वासन बाँड्दै मतदातामाझ पुगिरहेका छन् । उनीहरूले मतदाता तान्न विभिन्न भेला, गोष्ठी, सभा र घरदैलो गरिरहेका छन् । भौगोलिक रुपमा विकट भएपनि उम्मेदवारहरू घरघरमा आइपुगेको देख्दा मतदाताहरू मख्ख छन् । उम्मेदवार टोलटोल पुगेर आफ्नो घोषणापत्र र प्रतिबद्धतापत्र बाँडिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null 


Advertisment
Nabil box
Kumari

विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट नेपाल नेकपा (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । उनको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । 

Vianet communication

एकमात्र क्षेत्रमा निर्वाचन हुन लागेपनि देशभरका राजनीतिक सरोकारवालाहरूको ध्यान यतिबेला इलाम–२ मा खिचिएको छ । यो उपनिर्वाचन पुराना र नयाँ दलहरूको शक्ति परीक्षणको प्रयोगशाला बन्ने भएकाले निकै चासोका साथ हेरिएको छ । 

इलाम–२ मा ठूलासाना दल र स्वतन्त्रबाट १९ को उम्मेदवार रहे पनि  एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमको चर्चा चुलिएको छ ।

एमालेका सुहाङलाई सत्ता गठबन्धनमा रहेका दल नेकपा (माओवादी केन्द्र)सहित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र नेपाल परिवार दलको समर्थन छ । राम्रो सङ्गठन र जनाधार भएकाले एमाले निकै बलियो मानिन्छ । 

उम्मेदवार सुहाङले आफू एमालेको मात्र नभई चार दलको साझा उम्मेदवार भएकाले विजय निश्चित रहेको दाबी गर्दै आएका छन् । ‘म एक्लै चुनाव लडिरहेको छैन, चार दल र साथमा यहाँका जनताको पनि साथ छ,’ एक कार्यक्रमा उनले भने, ‘मेरा बाबु स्वर्गीय सुवासचन्द्र नेम्वाङको अधुरो कामलाई पूरा गराउनका लागि पनि यहाँका जनताले जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु ।’ उनले गाउँगाउँका मतदातामाझ पुगेर आफ्ना आवश्यकता, समस्या, चाहनालाई आफू र पार्टीले पूरा गर्नुपर्ने जिम्मेवारी कागजमा टिपाइदिन अपिलसमेत गर्दै आएका छन् । 

सो क्षेत्रमा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङ एक्लैले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । सो निर्वाचनमा समानुपातिकमा एमालेले २६ हजार पाँच सय ६२ र माओवादी केन्द्रले पाँच हजार एक सय ५३ मत प्राप्त गरेका थिए । 

विसं २०७९ को निर्वाचनमा एमाले उम्मेदवार नेम्वाङसँग एक सय १४ मतको झिनो अन्तरले पराजित कांग्रेस जिल्ला सभापतिसमेत रहेका खड्का यसपटक जितको खोजीमा छन् । उनी कार्यकर्ता भेटघाट, अन्तरक्रिया तथा घरदैलोमा व्यस्त छन् । ‘विगत लामो समयदेखि यस क्षेत्रमा एकैजनाले मात्र जित्नुभयो । यस क्षेत्रको विकास गर्न मैले जित्नैपर्छ,’ उनले भने, ‘म यहाँको प्रतिनिधि नभएपनि यस क्षेत्रका गरिब, असहाय, वृद्धवृद्धा तथा युवाहरुका लागि थुप्रै राम्रा कामहरु गरेको छु, त्यसैले यहाँका मतदातासँग मेरो पनि गठबन्धन छ, यसपटक यहाँका जनताले चुनाव जिताउनुहुन्छ भन्नेमा म ढुक्क छु ।’

नेम्वाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार नौ सय मत प्राप्त गरेका थिए । तर सो मत कांग्रेस एक्लैको नभएर तत्कालीन गठबन्धन दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समेत थियो । कांग्रेसले त्यतिबेला समानुपातिकमा २२ हजार तीन सय ३३ मत पाएको थियो । 

त्यसैगरी पत्रकारिता छाडेर राजनीतिक दलमा आवद्ध भइ निर्वाचनमा होमिएका रास्वपाका उम्मेद्वार लिम्बूले पनि चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । आफूलाई इलामको अग्र्यानिक उम्मेदवारका रुपमा प्रचारप्रचार गर्दै आएका लिम्बू यसपटक चामत्कारिक रुपमा मत परिवर्तन गर्ने दाबी गर्छन् ।

‘अधिकतर मतादाता हाम्रो अभियानमा जोडिरहनुभएको छ,’ उनले भने, ‘यस पटकको उपनिर्वाचनमा इलामेली मतदाताले चमत्कार गर्दैछन्, धेरैलाई विश्वास छैन तर हाम्रो झण्डा फहरिनेछ ।’ रास्वपाले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट प्रत्यक्षमा एक हजार तीन सय ८० मत र समानुपातिकमा चार हजार छ सय ८६ मत पाएको थियो । 

पहिचानवादी ४१ घटकका उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिमले समेत आफ्नो प्रचारप्रसार तीव्र बनाएका छन् । थेगिम सङ्घीयतालाई बलियो बनाउँदै पहिचान, समान अधिकार, शान्ति र दीगो विकासको अजेण्डा लिएर मतदातामाझ पुगिरहेका छन् । ‘पहिचान पक्षधर उम्मेदवार पनि भएकाले यसपटक मतदाताहरु उत्साही भएको पाइएको छ,’ उनले भने, ‘विगतमा पहिचान पक्षधरलाई दलहरुले धोका दिएका छन्, यसपटक आफ्नै उम्मेदावर भएपछि उहाँहरु खुसी हुनुहुन्छ ।’

null

‘मुढा’ चुनाव चिन्ह पाउनुभएका उहाँलाई सत्ता साझेदारी दल जनता समाजवादी पार्टीसहित पहिचानवादी दलहरू राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा किरात याक्थुङ चम्लुङ, किरात राई यायोख्खालगायत सामाजिक संघसंस्था र किरात धर्मगुरु आत्मानन्द लिङदेनको समेत समर्थन छ । 

बलिया मानिएका यी चारैजना उम्मेदवार एकअर्कालाई रोकेर आफू प्रतिनिधिसभामा प्रवेश गर्ने रणनीतिमा छन् । यीबाहेक सो क्षेत्रमा एकीकृत समाजवादीका जीतबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेसनल अर्गनाइजेसनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीसमेत चुनावी प्रचारमा लागेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवारहरु डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल र उहाँहरुको टोली अहिले मत माग्दै गाउँगाउँमा पुगिरहेका छन् । 

यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पूरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् । 

निर्वाचन आयोगले उम्मेदवारहरूलाई गत चैत २८ देखि वैशाख १२ गते सम्मका लागि चुनावी प्रचारप्रसारका अवधि तोकिदिएको छ । यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता छन् । –रासस–

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x