×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकै पार्टीका दुई जनाको दाबी, हिउँदे अधिवेशनमा ३ वटा विधेयकमात्रै पारित

काठमाडाैं | बैशाख ३, २०८१

NTC
Premier Steels

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँसमक्ष नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई प्रदेश सभा सदस्यले आइतबार छुट्टाछुट्टै रुपमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिको दाबी पेस गरेका छन् ।

Muktinath Bank

प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेताको हस्ताक्षरसहितको समर्थनमा नाउपाका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही समयपछि सोही पार्टीका अर्का प्रदेश सभा सदस्य कैलाश चौधरीले केन्द्रीय गठबन्धनअनुसार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेकपा (एमाले) र नाउपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। 


Advertisment
Nabil box
Kumari

 लक्ष्मणकिशोरलाई मुख्यमन्त्री नियुक्ति गर्नमा प्रदेश सभामा रहेका राप्रापाका एक सदस्यको पनि समर्थन रहेको जनाइएको छ ।
००००
विधेयक अधिवेशनको रूपमा चिनिने संघीय संसद्को हिउँदे अधिवेशनमा प्रतिनिधिसभाले जम्मा ३ वटा विधेयक मात्र पारित गरेको छ । २०८० माघ २२ गते शुरू भइ २०८१ वैशाख २ गते समापन भएको अधिवेशनले ३ वटा कानून बनाएको हो । 

Vianet communication

७० दिन चलेको अधिवेशनमा २३ दिनमा २३ पटक बैठक बसी ८१ घण्टा ५५ मिनेट संसदीय काममा व्यतित गरेको थियो । अधिवेशनबाट अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६, खाद्य सुरक्षा तथा गुणस्तर विधेयक २०७७ पारित भएका छन् । 

यस्तै ‘सम्पत्ति सुद्धीकरण (मनी लाउन्डरिङ) तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ राष्ट्रियसभाबाट भएको संशोधनलाई स्वीकार गरी विधेयक पारित भएको छ ।
००००
नेकपा एमालेले नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थालेको निष्कर्ष निकालेको छ ।  पार्टी कार्यालय च्यासलमा आइतवार बसेको सचिवालय बैठकले नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा ल्याउन सफल भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले जनतालाई अझ विश्वास जगाउने काममा गति ल्याउनुपर्ने बताएका हुन् । एमाले सचिवालय बैठकले वैशाख ८ र ९ गते हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको कार्यसूचीसमेत तय गरेको छ ।
००००
चालू वसन्तयाममा म्याग्दीमा रहेका धवलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४० जनाले अनुमति लिएका छन् ।

धवलागिरि गाउँपालिका–४ मा रहेको विश्वको सातौं (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल चढ्न १५ र अन्नपूर्ण गाउँपालिका–४ मा रहेको (८०९१ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि २५ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।
००००
सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सदस्य गिरीलाई प्रदेश सभा सदस्यको हैसियतमा काम–कारबाही गर्न रोक लगाई पदमुक्त गने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।
००००
विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम अङ्ग्रेजीमा पनि सगरमाथा नै राख्न सरोकारवाला विज्ञहरुले सुझाव दिएका छन् । 

सगरमाथालाई अङ्ग्रेजीमा ‘माउन्ट एभरेष्ट’ उल्लेख गर्ने गरिएकोप्रति आपत्ति जनाउँदै विज्ञहरूले यस्तो सुझाव दिएका हुन् ।

इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले आइतबार गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनीहरूले नेपालका अन्य हिमालको नाम नेपालीकरण मात्र रहेको जस्तै सगरमाथाको नाम पनि एउटै हुनुपर्ने तर्क गरेका हुन् ।
००००
सरकारले एकैपटक ५ जना सचिवको सरुवा गरेको छ । चैत ३० गते शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले ५ जना सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।
जसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव दिनेश भट्टराईलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ ।
००००
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारी ठगीमा जोडिएका मन्त्रीबारे प्रश्न उठ्न थालेपछि संसद्को अधिवेशन अन्त्य गरिएको आरोप लगाएको छ । अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयप्रति कांग्रेसले निन्दा र भर्त्सना गरेको छ । 

आइतवार बसेको कांग्रेस संसदीय दलको बैठकले सदनमा उठेका प्रश्नबाट भागेर सरकार भाग्ने काम गरेको निष्कर्ष निकालेको हो । सरकारले संसदीय मूल्य–मान्यताको बर्खिलाप गरेको निष्कर्ष बैठकले निकालेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
०००००
क्रिप्टो करेन्सीमार्फत कारोबार तथा सट्टेबाजी गराएको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीका सञ्जयकुमार साह, रामजी साह र राकेश चौधरी छन् ।

उनीहरूलाई सर्लाहीबाट पक्राउ गरेर काठमाडौं ल्याइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x