×

सफलताको कथा

सरकारी शिक्षक बन्‍न सफल दुई दृष्टिविहीन दम्पती: समस्या झेल्दै, अघि बढ्दै

बुटवल | बैशाख ८, २०८१

रूपन्देहीको तिलोत्तमा–१ शंकरनगरमा सन्दीप भट्टराई जन्मजात दृष्टिविहीन होइनन् । पाँच वर्षको उमेरमा टेक्दै गर्दा उनलाई ‘ब्रेन ट्युमर’ भयो । उनले सधैंका लागि आँखाको ज्योति गुमाए । आफू बुझ्ने भएदेखि नै अध्ययन, अनुसन्धान गर्न आँखाको दृष्टि नै चाहिन्छ भन्ने सोच नराखेका सन्दीप पहिलो प्रयासमै सरकारी शिक्षक बन्न सफल भएका छन् । उनले सो सफलता आफ्नै छोरी सृजनालाई लेखन सहयोगी राखेर हासिल गरेका हुन् । ३५ वर्षीय सन्दीप रूपन्देहीको मर्चवारी गाउँपालिका थर्ती माविमा यही वैशाख २ गते ‘पोस्टिङ’ भएर सरकारी शिक्षक सेवा प्रवेश गरेका हुन् । उनी मात्र होइन उनकी श्रीमती निर्मला पाण्डे पनि दृष्टिविहीन हुन् । पेशागत रूपमा उनी एउटै बाटोमा छिन् । उनी दुई वर्षअघि नै निमावि तहको सरकारी सेवामा शिक्षकको रुपमा प्रवेश गरेकी हुन् । सन्दीपजस्तै निर्मला पनि दृष्टिविहीनले पनि अरुजत्तिकै काम गर्न सक्छन् भन्ने प्रमाणित गर्न चाहन्थिन् । सरकारी सेवामा प्रवेश गरेपछि दुवैमा अहिले खुसी छाएको छ । सपना पूरा भएको ठानेका छन् । 

Laxmi Bank

null


Advertisment

निर्मला पश्चिम नवलपरासीको बर्दघाटस्थित विद्याज्योति माविमा निमावि स्थायी शिक्षकको रूपमा विसं २०७८ देखि कार्यरत छिन् । शारीरिक रुपमा फरक क्षमता हुनका बाबजुद कर्ममा लगनशील भएर अगाडि बढेका सन्दीप/निर्मलाले जीवनमा कहिल्यै हन्डर/ठक्कर भने खानु परेन । उनीहरूले गरेका प्रयास सफल रहे । 


Advertisment

‘सरकारी जागिर खाएर शिक्षण गर्छु भन्ने सोच ममा साखै थिएन । झण्डै डेढ दशकदेखि आफ्नै नेतृत्वमा सिर्जनशील अपाङ्गता स्वाबलम्बन केन्द्र चलाइरहेको थिएँ । रुपन्देहीमा शिक्षक सेवामा अपाङ्गताको मात्रै  ५ वटा कोटा रहेछ । फारम भर्न धेरैले अनुरोध गरे । लेखन सहयोगीमा छोरीलाई राखेर परीक्षा दिएँ,’ सन्दीप भन्छन्, ‘क्रमशः पहिलो र दोस्रोमा पत्रमा सफल भए । अन्तिम अन्तर्वार्तामा पनि सफल भएँ । यसरी पहिलो प्रयासमै सरकारी शिक्षकमा नाम निस्कियो ।’ अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा काम गरेको लामो अनुभव भएका सन्दीप शिक्षक बनेपछि अरुले पनि यो क्षेत्रमा प्रवेश गर्न रुचि देखाएको सरोकारवालाको भनाइ छ । 

null

सन्दीपले विद्यालय तहको पढाइ तिलोत्तमास्थित शान्ति नमूना माविबाट गरे । प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे । आईएड पनि बुटवल बहुमुखी क्याम्पसबाट प्रथम श्रेणीमै उत्तीर्ण गरे । स्नातक पनि सोही क्याम्पसबाटै उत्तीर्ण गरे । त्यसपछि उनले स्नातकोत्तरतर्फको अध्ययन अघि नबढाएर आफूजस्तै अपाङ्गताको क्षेत्रमा काम गर्न थालेका थिए । त्यहाँ १३ वर्ष बिताएपछि आफू सरकारी सेवामा प्रवेश गरेको सन्दीप सुनाउँछन् । 

निर्मला पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका वडा नम्बर–२ दुम्कीबासमा २०४६ मा जन्मिएकी हुन । उनले विद्यालय तह पाल्पाको दमकडा माविमा पढेर त्यहीँबाट एसएलसी दिइन् । प्लस टू पनि सोही विद्यालयमा पढिन् । बुटवल बहुमुखी क्याम्पसबाट स्नातक र स्नातकोत्तर तह उतीर्ण गरिन् । उनले नियमित रुपमै स्नातकोत्तरसम्म पढेर पास गरेकी हुन् । भट्टराई दम्पतीले १९ वर्षको कलिलो उमेरमै प्रेम विवाह गरेका थिए । अहिले उनीहरूका दुई छोरी र एक छोरा छन् । ‘भगवान्को कृपा भनौं हामी दृष्टिविहीन भए पनि तीनैजना हाम्रा सन्तानमा कुनै अपाङ्गता समस्या छैन,’ सन्दीप भन्छन् ।

सन्दीप र निर्मलाको जोडीजस्तै कथा भएको अर्को जोडी हो केशरी न्यौपाने र सुन्दरी गौतमको जोडी । उनीहरू पनि पूर्ण दृष्टिविहीन हुन् । गुल्मीको गुल्मी दरबार गाउँपालिका वडा नम्बर–२ की सुन्दरी र गोरखाको पालुङटार नगरपालिका–२ का केशरीले तीन वर्षअघि बिहे गरेका हुन् । बिहे गरेको साल नै उनीहरूले माविमा नाम निकाले । सन्दरीले पाल्पाबाट र केशरीले लमजुङबाट प्रावि तृतीय श्रेणीमा सरकारी सेवा प्रवेश गरेका हुन् ।

null ​सन्दुरीले पाल्पाको बगनाशकाली गाउँपालिका वडा नम्बर–१ स्थित राम आधारभूत विद्यालयमा पढाउँछिन् भने केशरीले लमजुङको दूधपोखरी गाउँपालिकास्थित गणेश प्राविमा पठनपाठन गराउँदै आएका छन् । सुन्दरी भन्छिन्, ‘हामी दुवै जनाले एकैपटकमा नाम निकालेका हौं । तर, दुईजना दुईतिर हुँदा समस्या भएको छ ।’ सुन्दरी स्कूलनजिकै डेरा लिएर बस्छिन् । उनलाई कोही सहयोगी चाहिँदैन । आफैँ खान पकाउँछिन् । स्कूल जानेदेखि लिए घर (गारखा) पनि उनी एक्लै पुग्छिन् । 

‘अपाङ्गता भएका व्यक्तिहरूलाई दया होइन, अवसर अनि सकारात्मक हौसला आवश्यक छ,’ सुन्दरी भन्छिन्, ‘क्षमता भएका दृष्टिविहीनले राम्रो गरिरहेका छन् । हामी पनि कुनै तयारी कक्षा नलिइकलन शिक्षक सेवाको परीक्षा पास भएका हौं ।’ 

हाम्रो समाजमा अझै पनि फरक क्षमता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको उनको गुनासो छ । ‘राज्यले जतिसुकै कानून बनाओस्, फरक क्षमता भएका व्यक्तिलाई हेर्ने त्यो मान्यता र आचरणमा अझै परिवर्तन आएको छैन,’ उनले भनिन् । 

मेहनत गर्ने हो भने सरकारी सेवा प्रवेश गर्न गाह्रो नभएको सुन्दरीको भनाइ छ । ‘म अपाङ्गता भएको व्यक्ति हो भन्ने मानसिकता बनाएमा नाम निकाल्न गाह्रो हुन्छ । त्यसैले हीन भावना त्यागेर अघि बढ्नुपर्छ,’ उनी थप्छिन् ।

null

परिवारका तीन दाजुभाइकी एक्ली बहिनी सुन्दरी जन्मजात नै दृष्टिविहीन बनिन् । यसअघि परिवारमा कसै पनि यस्तो फरक क्षमता थिएन । विस २०५० मा जन्मिएकी उनले गुल्मीको रुरूस्थित रिमुवा माविबाट एसएलसी उत्तीर्ण गरेकी हुन् । यसपछि उनले ‘प्लस टू’ पाल्पाको दमकडा माविबाट उत्तीर्ण गरिन् । स्नातक र स्नातकोत्तर तह नेपाली विषयमा पाल्पाकै तानसेनस्थित तानसेन बहुमुखी क्याम्पसबाट ‘रेगुलर’ उत्तीर्ण गरेकी सुन्दरीले सिर्जनशील संस्थामा केही वर्ष काम पनि गरिन् । अनि सरकारी सेवा प्रवेश गर्ने योजनाका साथ अघि बढेकी उनलाई कहिल्यै पछाडि फर्किन परेको छैन । यसकारे उनी भन्छिन्, ‘अब निमावि र माविको पनि तयारीमा जुटेको छु । प्रयास सफल होला भन्ने छ ।’ 

अर्कोतिर केशरीले विद्यालय तहको पढाइ गाउँकै अमरज्योति जनता माविबाट २०६२ मा एसएलसी उत्तीर्ण गरे । उनले प्रवीणता र स्नातक तह पोखराको पृथ्वीनारयण (पीएन) क्याम्पसबाट उत्तीर्ण गरेका थिए । परिवारका दुई छोरा र एक छोरीमध्येका जेठा सन्तान केशरीलाई मात्र परिवारमा आँखाको समस्या देखिएको हो । 

आफूहरूले नाम निकालेर कुनै विद्यालयमा जाँदा हाजिरी नगराउने समस्या झेल्नुपरिरहेको केही दष्टिविहीन शिषकको गुनासो छ । ‘हाजिरी नगराउनु संविधानविरोधी कार्य हो । संविधानले अपाङ्गता भएकालाई अरुसरह सुविधा पाउने, दैनिक जीवनयापन गर्न पाउने समानताको हकको व्यवस्था गरेको छ । संविधान र कानूनले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गरेको छ,’ सुन्दरी भन्छिन्, ‘अझै सरुवाका लागि विद्यालयले सहमति नदिने आम अपाङ्गता भएका शिक्षकको गुनासो रहने गरेको छ ।’ 

केही विद्यालयमा वर्तमान अवस्थामा पनि भौतिक संरचनालाई सुधार गर्न आवश्यक रहेको दृष्टिविहीन शिक्षकहरूको गुनासो छ । ‘विद्यालयमा सजावटका सामग्री, फूलका गमला दृष्टिविहीन विद्यार्थी र शिक्षक हिँड्ने बाटो वरपर राख्नु हुँदैन,’ सुन्दरी थप्छिन्, ‘दृष्टिविहीनलाई पढाउने कक्षा कोठा सकेसम्म भर्‍याङ चढेर माथिल्लो तलामा जान नपरोस् । यति भएपनि सुधार गर्न सकिएमा अपाङ्गता भएका शिक्षक र विद्यार्थी दुवैलाई स्कूलमा गएर पढ्न सहज हुन्छ ।’

शिक्षक सेवामा मात्र उत्कृष्ट मात्र नपुग्ने शिक्षाको ज्योति प्रवाहमा उस्तै हुनुपर्नेमा केशरीको जोड छ । ‘सरकारी स्कूलमा पढाउने शिक्षकहरू कामचोर छन् भन्ने आमबुझाइ छ, यो मलाई चित्त बुझ्दैन,’ उनी भन्छन्, ‘शिक्षकहरू योग्य र सदाचारी धेरै छन् ।’ गलत भाष्यलाई परिवर्तन केही समय लाग्ने सुन्दरीको भनाइ छ । 

सन्दीप र निर्मला तथा केशरी र सुन्दरीको सफलता देख्दा जो कोही व्यक्तिलाई अपाङ्गताले सफलतालाई छेक्दैन भन्ने पाठ सिकाएको स्थानीय क्षेत्रमा चर्चा हुने गर्छ ।

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

जेठ १२, २०८१

हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

विपरीत दिशाका यात्री

विपरीत दिशाका यात्री

भदौ २९, २०८१

केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो ।  बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

x