×

NMB BANK
NIC ASIA

पूर्वउपाध्यक्ष रावलको गुनासो– एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा मलाई निम्तो आएन

काठमाडाैं | बैशाख ९, २०८१

NTC
Premier Steels

नेकपा (एमाले)का पूर्वउपाध्यक्ष भीम रावलले शनिवारदेखि गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई निम्तोसम्म नआएको गुनासो गरेका छन् ।

Muktinath Bank

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलले हालै एउटा टेलिभिजन अन्तर्वार्तामा बैठकबारे आफूलाई जानकारीसमेत नदिएको जानकारी दिँदै यसले दुःख लागेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले एमालेको नेतृत्वले आफूमाथि बेवास्ता गरिरहेको र ‘पार्टी छोडेर जाहोस्’ भन्ने चाहिरहेको आरोप लगाए । यसैको परिणामस्वरुप आफूलाई महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा जानलाई परिचयपत्रसमेत नबनाइदिइएको पनि उनले खुलासा गरे । 


Advertisment
Nabil box
Kumari

गत २०७८ सालमा भएको महाधिवेशमा केपी शर्मा ओलीले सर्वसम्मत अध्यक्ष हुने प्रयास गरेका थिए । तर रावलले उम्मेदवारी दिएर त्यसलाई विफल बनाएका थिए । त्यसयता आफू पार्टीमा झनै पेलिएको रावलको विश्लेषण छ । 

Vianet communication

शनिवारबाट शुरू भएको सत्तारुढ दल एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज सकिँदैछ । 

ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आजसम्म चल्ने उक्त बैठकमा दुई हजार ७३ महाधिवेशन परिषद् सदस्यसहित दुई हजार ४५४ जना सहभागी रहेको एमालेले जनाएको छ । 

शनिवारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए । यसपछि महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । 

बैठकमा मिसन ग्रासरुट, झुलाघाट चिवाभञ्याङ सङ्कल्पयात्राको समीक्षा गर्दै त्यसका आधारमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने निष्कर्ष निकाल्ने महासचिव पोखरेलले बताए । 

यस्तै एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसर पारेर वैशाख १० गते हीरक महोत्सव मनाउन लागेको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x