×

NMB BANK
NIC ASIA

२० दिनमा ७५९ स्थानमा आगलागी : १६ जनाको मृत्यु, ५५ घाइते

काठमाडाैं | बैशाख ९, २०८१

NTC
Premier Steels

पछिल्लो २० दिनयता देशका विभिन्न ७ सय ५९ स्थानमा आगलागीका घटना भएका छन् ।

Muktinath Bank

गत चैत १९ देखि यही वैशाख ९ गतेसम्म आगलागीमा परेर १६ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगोले जलेर ३२ करोड ६३ लाख १७ हजार चार सय ७५ रुपैयाँ बराबरको क्षति भएको छ ।


Advertisment
Nabil box
Kumari

वन डढेलो र घर तथा गोठ आगलागीमा परेर एक हजार ८ घर परिवार प्रभावित भएका छन् । जसमा दुई सय ७७ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् भने दुई सय ७८ घरमा आंशिक क्षति पुगेको छ ।

Vianet communication

प्राधिकरणका सूचना अधिकृत डा. डिजन भट्टराईका अनुसार आगोले जलेर ५ सय ८८ वटा पशु चौपाया मरेका छन् ।

प्राधिकरणका अनुसार ७७ जिल्लामध्ये ६९ वटा जिल्ला आगोबाट प्रभावित बनेका छन्। जसमध्ये सबैभन्दा धेरै मोरङमा ३४ स्थानमा वन डढेलो तथा घरमा आगो लागेको छ ।

त्यसपछि क्रमशः ओखलढुङ्गामा २९, दाङमा २७, बर्दियामा २७, प्यूठानमा २६, रौतहटमा २६, पर्सामा २६, कपिलवस्तुमा २६, बारामा २५, सर्लाहीमा २३, सिरहामा २२, रुपन्देहीमा २१, खोटाङमा १४, सोलुखुम्बुमा १४, अर्घाखाँचीमा १९, पाल्पामा १७ वटा आगलागीका घटना भएका छन् ।

काठमाडौंमै २० ठाउँमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ । वन डढेलो सल्केर वस्तीमा पस्दा घरहरू जलेको प्राधिकरणले जनाएको छ । ‘ आगलागी नियन्त्रणका लागि प्रयासहरू जारी छन्, सुरक्षा निकायसँगै स्थानीयले पनि तदारुकता देखाउनुभएको छ', भट्टराईले भने, ‘सकभर मानवीय क्षति नहुनेतर्फ सचेत रहन निर्देशन दिइएको छ । सर्वसाधारणलाई चेतना अभिवृद्धि गराउने काम पनि सँगसँगै भइरहेको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x