×

NMB BANK
NIC ASIA

नेकपा एमालेको हीरक महोत्सव

ओलीको उद्‌घोष- वामपन्थी मात्रै मिलेर अगाडि बढ्ने अवस्था छैन, स्थिरताको पक्षधर एक हुनुपर्छ

काठमाडाैं | बैशाख १०, २०८१

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी मात्रै मिलेर अगाडि बढ्ने अवस्था नरहेको बताएका छन् ।

Muktinath Bank

एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसर पारेर मनाएको हीरक महोत्सवलाई सम्बोधन गर्दै ओलीले वामपन्थी होइन देशभक्त, विकास र समृद्धिलाई अगाडि बढाउने पक्षहरू मिलेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रचण्डजीले भने जस्तै अहिले तत्काल पार्टी एकीकरण गरिहालौं, भइहाल्छ भन्नु व्यक्तिगत आकांक्षा तुष्टि मात्र हुन्छ । अहिलेको सहकार्यको माध्यमबाट निकट हुन्छौं । क्रमशः हामी एकताको बाटोमा पुग्न सक्छौं । अहिले नै एकीकरण गरौं, देशभरका मिलौं भन्यौं भने किन फुटेका थियौं ? के भएर फुटेका थियौं ? भनेर प्रश्न उठ्छन्', ओलीले भने, ‘सहमतिका लागि सहकार्यमा जाऊँ । वामपन्थी मात्रै मिलेर अगाडि बढ्ने अवस्था होइन । देशभक्त, राष्ट्रभक्त, सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता, राष्ट्रिय स्वाभिमानका पक्षधर, भ्रष्टाचारविरुद्धको शक्ति अगाडि बढ्नुपर्छ । यस्तो नगरे देश बिथोलिन्छ ।’


Advertisment
Nabil box
Kumari

राष्ट्रिय एकताको पक्षमा रहेका शक्ति मिलेर अगाडि बढ्ने उनले प्रस्ट्याए ।

Vianet communication

‘एकताको दुई पक्ष छन् । अहिले सिंगो देश एक हुनुपर्छ । के कुरामा भने लोकतान्त्रिक गणतन्त्रलाई रक्षा र सबल बनाउँ । यसलाई माध्यम बनाएर सुशासन र विकासमा जाऊँ । विद्वेष होइन', ओलीले होइन, ‘लोकतन्त्रको विकल्प होइन रक्षा गर्ने मामिलामा सिंगो देश एक हुनुपर्छ । हुन सकिन्छ ।’

एउटा कुनामा बसेर हौसिएर प्रतिगमनको कुरा गर्न छोड्न चेतावनी दिँदै ओलीले पछिल्लो समीकरणले देशका समस्या, गरिबका समस्या समाधान र स्थिरता दिनुपर्ने बताए । 

२१ औं शताब्दीमा लोकतन्त्र आएका धेरै दशक भएपनि उर्वर भूमिमा भोकमरी र गरिबी चुनौतीको रुपमा रहेको उनले बताए । 

ओलीले २०५४ साल र २०७७/७ सालको पार्टी विभाजन हुन नहुने भन्दै यसलाई हानिकारक स्थितिको संज्ञा दिएका छन् । यस अवस्थाबाट फेरि उठ्नुपर्ने प्रण उनले गरेका छन् ।

नेकपा स्थापनाको एक सय वर्ष पुग्दा देशबाट गरिबी पूर्ण रुपमा अन्त्य हुने र यसको अगुवाइ एमालेले गर्ने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x