कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
काठमाडाैं | बैशाख ११, २०८१
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा सबैथोक बिग्रने र भत्किने मात्रै नभएको बताएका छन् । अनेक दुःख र राजतन्त्रको प्रहार सहेर यहाँसम्म आइपुग्दा सानासाना कुरामा बाटो समात्ने दिशामा अघि बढेको बताएका हुन् ।
जनसम्पर्क समिति क्यालिफोर्निया(अमेरिका) च्याप्टरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सबै कुरा बिग्रियो भन्दै भगवान र चमत्कारप्रति जान खोज्ने विषय गलत रहेको बताए । ‘मेचीदेखि महाकालीसम्मै पुगेँ । तलका वडा र गाउँपालिकामा मान्छेले राम्रो काम गरेका छन् । तर, सामाजिक सञ्जालमा लेख्ने कुराले देश डुबिसक्यो खत्तम भयो भन्ने भाष्य बनाइएको छ । पूर्व र पश्चिमको मान्छेलाई यही लाग्छ । जसले नागरिकको कन्फिडेन्स कमजोर भएको छ । यसबाट हुने रिक्तता र नैराश्यताबाट शक्ति आर्जन गर्छु भन्ने सोच राम्रो होइन । नागरिकलाई आशावादी बनाउनुपर्छ,’ थापाले भने, ‘साना कुरामा सही बाटो समातिरहेका छौं । जसले जहाँबाट भए पनि सहयोग गरे हुन्छ । नेपालमा राम्रो वातावरण चाहिएको छ । यस्तो वातावरण बनाउन सबैले सहयोग गर्नुपर्छ । तर सबै कुरा बिग्रियो भन्दै भगवान र चमत्कारप्रति जान खोज्ने विषय गलत छ ।’
त्रिविको उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डाबाट माथि उठ्न यसपटक प्रधानमन्त्रीसहित आफूहरूले उल्लेख्य सहयोग गरेको पनि बताए ।
धेरै दुःख सहेर आजको राजनीतिक अवस्थासम्म आएको भन्दै थापाले कांग्रेसको सुधारमा विदेशमा रहेका साथीहरूले पनि सहयोग गर्नुपर्ने बताए । नेपालको बहसलाई नयाँ ढंगले लिएर जान जरुरी र रहेको भन्दै देश बाहिर रहेका नागरिकको पनि सहयोग हुनुपर्ने उनले बताए ।
‘दुःख सहेर, राजतन्त्रको प्रहार सहेर हामी यहाँसम्म आएका छौं । यसलाई सम्हाल्ने बेला आएको छ । जनसम्पर्क समितिका साथीहरूले गर्ने मद्दत भनेको कांग्रेसको सुधारमा बल र तागत पुर्याएको हो,' उनले भने, 'गाली मात्रै गर्ने बहसको लागि नेपालभित्रै काफी छन् । विदेशमा बसेकाको साथ र सहयोग भत्किएको र बिग्रिएको कुरालाई बनाउनुपर्छ भन्ने पोजिटिभ कुरा चाहिएको छ ।’
नेपालमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा अब रिफर्ममा मात्रै होइन रिभोलुसन नै चाहिएको उनले बताए । नेपाल नेपालभन्दा बाहिर पनि फैलिएको छ भन्ने बहस छ । बाँकीलाई कसरी जोड्ने ? सरकारी पूर्वाधारमा गरिने अर्बौको खर्चलाई व्यवस्थित र व्यवहारिक बनाउनुपर्ने उनले बताए । ‘अहिलेकै रफ्तारमा सिक्टा सिचाइ आयोजना अघि बढ्ने हो भन सकिन अर्को ५० वर्ष लाग्ने रहेछ । त्यतिखेरसम्म सिचाइ लाग्ने खेत घना वस्तीमा परिणत हुने देखिन्छ,’ थापाले भने, ‘काठमाडौंमा बन्ने बिल्डिङमा अर्बमा पैसा हालिएको छ । यस्तो पैसा सिक्टा सिचाईं जस्ता आयोजनामा हाल्ने होभने हामी अर्कै बाटोमा जान सक्छौं ।’
बहस यस्ता विषयमा हुनुपर्नेमा देश खत्तम भयो सकियो मात्रै भनेर नागरिकलाई नै हतोत्साहित बनाउने बहस उचित नभएको थापा बताउँछन् । नेपालका सबै दलमा उम्मेदवार छनोटका विषयलाई पारदर्शी र व्यवहारिक बनाउन आवश्यक भएको पनि उनले बताए ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...