×

NIC ASIA

भुवन शीर्षस्थानमा कायमै, दिनेशमाथि ६ स्ट्रोकको अग्रता

काठमाडाैं | बैशाख १४, २०८१

Prabhu Bank
NTC
Premier Steels

 सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन समग्रमा ७–अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता बनाएका छन। बिहीबार भुवनले ५–अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पारेका हुन्।

Muktinath Bank

दोस्रो दिनका संयुक्त लिडर दिनेशले आज १–ओभर ६९ मा खेल सकाए। समग्रमा १–अन्डर २ सय ३ सहित दोस्रो स्थानमा तल झरे। तोरण विक्रम शाही र निरज तामाङ समग्रमा इभन–पार २ सय ७ सहित संयुक्तरुपमा तेस्रो स्थानमा छन्। तोरणले दिनकै उत्कृष्ट ७–अन्डर ६१ को स्कोर दर्ज गरे। निरजले १–अन्डर ६७ मा तेस्रो दिनको खेल सकाए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समग्रमा २–ओभर २ सय ६ सहित धन बहादुर थापा र सञ्जय लामा संयुक्तरुपमा पाँचौ स्थानमा छन्। धनले २–अन्डर ६६ र सञ्जयले इभन–पार ६८ मा खेल सकाए। यस्तै समग्रमा ३–ओभर २ सय ७ सहित सुबाश तामाङ, जयराम श्रेष्ठ र रवि खड्काले संयुक्तरुपमा सातौं स्थान बाँडे। सुबाशले इभन–पार ६८, जयरामले १–ओभर ६९ र रविले ३–ओभर ७१ मा खेल सकाए।


Advertisment
Nabil box
Kumari

एमेच्योरतर्फ सदभाव आचार्य समग्रमा ६–ओभर २ सय १० को स्कोरमा शीर्षस्थानमा उक्लिए। आज उनले ३–ओभर ७१ खेल्दै टासी छिरिङलाई ५ स्ट्रोकले पछि पारे। टासीले आज ९–ओभर ७७ को प्रदर्शन गर्दा समग्रमा ११–ओभर २ सय १५ सहित दोस्रो स्थानमा तल झरे। राहुल विश्वकर्मा समग्रमा २३–ओभर २ सय २७ सहित तेस्रो स्थानमा छन्। उनले आज ७–ओभर ७५ को स्कोर खडा गरे।

Vianet communication

भुवनले उत्कृष्ट सुरूवात गरे। पहिलो, दोस्रो, पाँचौ र छैटौं होलमा बर्डी प्रहार गरे भने ५–पारको चौथो होलमा इगलको सफलता प्राप्त गरे। फ्रन्ट नाइन ६–अन्डर २८ मा सकाए। तर ब्याक नाइन भने १–ओभर ३५ मा पुरा गर्न बाध्य भए। ११औं र १७औं होलमा बोगी प्रहार गरे भने ४–पारको १६औं होलमा डबल बोगीको सामना गरे। उनले १२औं, १४औं र १८औं होलमा एक–एक सट बचाए।

दिनेशले दोस्रो होलको बर्डी विरूद्ध पहिलो र पाँचौं होलको बोगीले फ्रन्ट नाइन १–ओभर ३५ मा सकाए। यसपछि १०औं, १३औं र १४औं होलमा एक–एक सट बचाए। तर ११औं होलमा ट्रीपल बोगीको सामना गर्दा ब्याक नाइन इभन–पार ३४ मा पुरा गरे।

दिनको उत्कृष्ट स्कोर कार्ड बनाएका तोरणले बोगी रहित ६१ खेले। दोस्रो, चौथो, पाँचौ र आठौं होलमा चार बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४–अन्डर ३० को उत्कृष्ट स्कोर गरे। यसपछि १०औं, ११औं र १७औं होलको बर्डीले ब्याक नाइन ३–अन्डर ३१ मा सकाए।

निरजले पाँचौं र आठौं होलको बर्डीले फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए। यसपछि उनले ११औं, १३औं र १५औ होलमा बर्डी प्रहार गरे। तर १०औं, १२औं, १६औं र १८औं होलमा एक–एक सट खेर फाले। ब्याक नाइन १–ओभर ३५ मा सकाए।

चार दिने प्रतियोगितामा कुल पुरस्कार राशी ७ लाख ३ हजार ५ सय रहेको छ। विजेताले १ लाख २० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ८२ हजार र ६६ हजार प्राप्त गर्नेछन। यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौ हुने खेलाडीले ४३ हजार नगद हात पार्नेछन्। टप २१ मा पर्ने प्रोफेसनल खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन्।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x