कात्तिक १८, २०८०
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८–अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै करियरको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन् ।
सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपनको अन्तिम दिन धरानका प्रो निरजले ८–अन्डर ६० को सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी गरेका छन। शिवरामले सन २०१५ मा एनपिजिए प्रेसिडेन्टस कपमा ८–अन्डर स्कोर गरेका थिए ।
अन्तिम दिनको खेल शुरुआत गर्दा निरज तीन दिनका लिडर भुवन भन्दा सात स्ट्रोकले पछि थिए। तर ८–अण्डरको प्रदर्शनसँगै उनले उपाधिसँगै १ लाख २० हजार नगद पुरस्कार प्राप्त गरे।
अन्तिम १८ होलको सुरूवात गर्दा भुवनसँग दिनेश प्रजापति माथि ६ स्ट्रोक र निरज माथि ७ स्ट्रोकको ठुलो अग्रता थियो।तर भुवनले आज इभन–पार ६८ मा खेल सकाउँदा समग्रमा ७–अन्डर २ सय ६५ सहित दोस्रो स्थानमा रहे। उनले ८२ हजार प्राप्त गरे।
आज ४–अन्डर ६४ खेल्दै समग्रमा २ सय ७१ सहित जयराम श्रेष्ठ तेस्रो भए। उनले ६६ हजार हात पारे। आज इभन–पार ६८ स्कोर गर्दै समग्रमा इभन–पार २ सय ७२ सहित तोरण विक्रम शाही चौथो भए। उनले ५३ हजार प्राप्त गरे। समग्रमा २–ओभर २ सय ७४ सहित पाँचौ भएका धन बहादुर थापाले ४५ हजार आफ्नो नाममा लेखाए। उनले आज इभन–पार ६८ खेले।
उपाधिका दाबेदार मानिएका सुबाश तामाङ समग्रमा ४–ओभर २ सय ७६ सहित छैटौं भए। प्रो टर्न भएपछि पहिलो पटक घरेलु टुर खेलेका सुबाशले ३३ हजार ५ सय प्राप्त गरे। समग्रमा ५–ओभर २ सय ७७ सहित दिनेश प्रजापति र रवि खडकाले सातौं स्थान बाँडे। उनीहरूले जनही ३३ हजार ५ सय नगद पुरस्कार बाँडे। आज १–ओभर ६९ सहित समग्रमा ६–ओभर २ सय ७८ स्कोरमा रामे मगर नवौं भए। उनले २८ हजार नगद पुरस्कार प्राप्त गरे।
यसैगरी समग्रमा ७–ओभर २ सय ७९ सहित सञ्जय लामा र भुवन कुमार रोक्काले संयुक्तरुपमा दशौं स्थानमा प्रतियोगिता सकाए। सञ्जयले ५–ओभर ७३ र भुवनले १–ओभर ६९ मा खेल सकाए। उनीहरूले जनही २४ हजार नगद प्राप्त गरे।
एमेच्योरतर्फ समग्रमा १३–ओभर २ सय ८५ सहित सदभाव आचार्यले उपाधि जिते। उनले आज ७–ओभर ७५ मा खेल सकाउँदै टासी छिरिङलाई दश स्ट्रोकले हराए। टाशीले समग्रमा २३–ओभर २ सय ९५ स्कोर गरे। आज उनले १२–ओभर ८० मा खेल सकाए। राष्ट्रिय टोलीका खेलाडी राहुल विश्वकर्मा कूल ३०० स्कोर सहित तेश्रो भए।
निरजले कोर्स रेकर्ड बराबरी गर्ने प्रदर्शन गर्ने क्रममा फ्रन्ट नाइन ५–अन्डर २९ मा सकाए। उनले पहिलो देखि चौथो होलमा लगातार चार बर्डी प्रहार गरे। नवौं होलमा पनि एक सट बचाएपछि फ्रन्ट नाइनको समाप्तीमा भुवन भन्दा मात्र एक स्ट्रोकले पछि थिए। भुवनले भने फ्रन्ट नाइन १–ओभर ३५ मा सकाए। भुवनले दोस्रो र चौथो होलमा बर्डी प्रहार गरेपनि तेस्रो होलमा डबल बोगी र पाँचौ होलमा बोगी खेपे।
निरजले फ्रन्ट नाइनकै प्रदर्शनलाई निरन्तरता दिए। १०औं होलमा बर्डी प्रहार गर्दै निरजले भुवनसँग स्कोर बराबरी गरे। यसपछि १३औं र १४औं होलमा लगातार दुई बर्डी प्रहार गर्दा निरजले दुई स्ट्रोकको अग्रता बनाए।
१६औं होलमा हजार्डबाट बोगी खेलेपनि १७औं होलको उत्कृष्ट बर्डीले पुन २ स्ट्रोकको अग्रता बनाए। उनले ब्याक नाइन ३–अन्डर ३१ मा सकाउँदा एक स्ट्रोकको जित निकालेका हुन। भुवनले भने १२औं होलको बोगीका विरूद्ध ११औं र १८औं होलमा बर्डी प्रहार गरे। ब्याक नाइन १–अन्डर ३३ मा सकाए।
जयरामले फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३२ मा सकाए। फ्रन्ट नाइनमा उनले दोस्रो, चौथो र आठौं होलमा बर्डी प्रहार गरे भने नवौं होलमा एक सट खेर फाले। ब्याक नाइनमा १३औं, १४औं र १७औं होलमा एक–एक सट बचाए भने १६औं होलमा बोगी प्रहार गरे।
चार दिने प्रतियोगितामा ३२ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ४१ गल्फरहरूले प्रतिस्पर्धा गरेका थिए। कुल पुरस्कार राशी ७ लाख ३ हजार ५ सय रहेको थियो। जहाँ २१ टप प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गरे।
विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीप्रा लहरी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे ।
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ । सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...