०३ साउन २०८३, आइतबार

प्रभु बैंकका कर्मचारी र ग्राहकलाई बुद्ध एयरको टिकटमा विशेष छुट

साउन ३२, २०८१
काठमाडौं
प्रभु बैंकका कर्मचारी र ग्राहकलाई बुद्ध एयरको टिकटमा विशेष छुट

प्रभु बैंक र बुद्ध एयरबीच छुट सम्झौता भएको छ ।

सम्झौता भएसँगै अब बैंकका कर्मचारी र ग्राहकले बुद्ध एयरको सेवामा विशेष छुट पाउने बैंकले जनाएको छ ।

सम्झौतामा प्रभु बैंकका चिफ म्यानेजर मन्जयराज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरका डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्धवलाल कायस्थले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा बुद्ध एयरको उपलब्ध सेवामा ८ प्रतिशत छुट पाउने छन् ।

बुद्ध एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्