२२ असार २०८३, सोमबार

सामसङ ग्यालेक्सी ए०६ अब नेपाली बजारमा

भदौ १८, २०८१
काठमाडौं
सामसङ ग्यालेक्सी ए०६ अब नेपाली बजारमा

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए०६ भित्रिएको छ । सामसङको ए शृङ्खला अन्तर्गतको ग्यालेक्सी ए०६ ले नेपाली प्रयोगकर्तालाई बेस्ट अनुभूति दिने विश्वास कम्पनीको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी ए०६ लाई स्लिकर र स्लिमर डिजाइनमा अपग्रेड गरिएको छ । ‘डिभाइसमा पावरफुल ५० एमपी प्राइमरी क्यामेरा, २ एमपी डेप्थ सेन्सर रहेको छ । जसले स्पष्ट र डिलेट भएका तस्वीरहरू खिच्ने सुनिश्चित छ र उत्कृष्ट सेल्फीका लागि ८ एमपी फ्रन्ट क्यामेरा छ,' कम्पनीले मंगलवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस फोनमा ६.७ इन्चको एचडी प्लस पीएलएस एलसीडी स्क्रिन रहेको छ भने यसले माइक्रो एसडीमार्फत १ टीबीसम्म बाह्य मेमोरी सपोर्ट गर्छ ।’

null

ग्यालेक्सी ए०६ मिडिया टेक हेलियो जी८५ प्रोसेसरद्वारा सञ्चालित रहेको कम्पनीले जनाएको छ । ‘जसले गेमिङ, कन्टेन्ट हेर्ने र सेयरिङका लागि उत्कृष्ट पर्फमेन्स प्रदान गर्दछ । यस फोनमा ५ हजार एमएएच ब्याट्री क्षमता र २५ वाट तीव्र चार्जिङ फिचर रहेको छ,’ कम्पनीले भनेको छ ।

कालो, हल्का निलो र नयाँ सुनौलो रंगमा उपलब्ध ग्यालेक्सी ए०६ को ४/६४ जीबी भेरियन्टको मूल्य १५ हजार ४९९ रुपैयाँ तोकिएका  । यस्तै ४/१२८ जीबी भेरियन्टको १७ हजार ४९९ रुपैयाँ तोकिएको छ ।

यसैगरी ६/१२८ जीबी भेरियन्टको १९ हजार ४९९ रुपैयाँ तोकिएको छ । यो फोन खरिदमा २५ वाटको सामसङ एड्याप्टर निःशुल्क उपलब्ध हुने कम्पनीको भनाइ छ ।

‘ग्यालेक्सी ए०६ खरिद गर्न चाहने ग्राहकलाई इन्स्टा फाइनान्सले शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराउने छ,’ विज्ञप्तिमा जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्