×

NMB BANK
NIC ASIA

‘बल्ल १६ वर्षकी भएँ, प्रेम गर्ने बेलै भएको छैन’ : अक्षता

कात्तिक २०, २०७४

NTC
Premier Steels
Marvel
पछिल्लो समय युवापस्ता इन्टरनेटसँग नजिक छ । युट्युबमा भिडियो अपलोड गरेर धेरै कलाकारले आफूलाई स्थापित गराएका छन् । खुबी हुनेलाई आफ्नो कला प्रस्तुत गर्न युट्युब नै पर्याप्त बन्न थालेको छ । युट्युबबाट नै धेरै कलाकारले आफूलाई नेपाली संगीत क्षेत्रमा आफूलाई परिचित गराइसकेका छन् । त्यही भीडमा आफ्नो पहिचान खोज्दैछिन् १६ वर्षीया अक्षता अधिकारी ।
अन्ताक्षरीबाट संगीत शुरू
axata_akshata_adhikari (8)
पृथक् शैलीमा गीत गाउन रुचाउने अधिकारी कक्षा ३ मा पढ्दा नै पहिलोपटक गीत गाएको अनुभव सुनाउँछिन् । स्कुल बसमा अन्ताक्षरी गाएको सुनेर शिक्षकले विद्यालयको कार्यक्रममा गीत प्रस्तुत गर्न भनेपछि उनले अंग्रेजी गीत ‘एभ्रिथिङ आई डु’ पहिलोपटक गाएकी थिइन् । त्यसपछि शिक्षक तथा साथीहरूले उनको प्रशंसा गर्न थालेको उनी सम्झिन्छिन् ।
१४ वर्षकै उमेरमा उनले इमेज टेलिभिजनको ‘उत्कृष्ट बाल गायन अवार्ड’ जितिन् । उनले गाएका गीतलाई सामाजिक सञ्जालमा धेरैले मन पराए । राम्रो गीत गाउँछौ भनेर तारिफ गरे । त्यसपछि उनी ‘कृपा अन्प्लग्ड’ मार्फत ‘तिम्ले त हैन, तिम्रा आँखाहरूले...’ गाइन् । उनको गीतलाई युवाहरूले झनै रुचाए । भन्छिन्, ‘मैले त सधैं उस्तै गाएझैं लाग्छ तर साथीहरूले तारिफ गर्दा राम्रो गरेंछु भन्ने लाग्छ ।’
बाआमालाई श्रेयaxata_akshata_adhikari (7)
अक्षता सफल हुनुमा उनको परिवारको पनि उत्तिकै हात छ । उनले गायनमा रुचि देखाएपछि परिवारले त्यही किसिमको वातावरण मिलाइदियो । ‘मैले जे–जति गरेकी छु, त्यसको श्रेय म मेरो बा–आमालाई दिन्छु,’ उनी भन्छिन्, ‘उहाँहरूले मलाई गीत गाउन प्रेरित गर्नुभयो ।’ उनी अहिले सृजना कलेज अफ फाइन आर्टस्मा संगीत सिकिरहेकी छिन् । अक्षता सुनाउँछिन्, ‘म मेरो पूरै जिन्दगी संगीतमा बिताउन चाहन्छु ।’ अरू नवकलाकारले पनि आफ्नो परिवारको साथ पाउने हो धेरै राम्रो गर्न सक्छन् भन्ने उनलाई लाग्छ ।
ज्याज, पप–रक
अक्षतालाई ज्याज संगीत धेरै मन पर्छ । त्यसबाहेक पप, रक–पपमा पनि रुचि छ । मान्छेले लोक संस्कृतिमा आधारित गीतलाई बढी रुचाउँछन् भन्ने उनले बुझेकी छिन् । उनले गाएका सबै गीत रुचाइएको छ । भन्छिन्, ‘मैले त अझैसम्म आफूले सक्नेजति गाएकै छैन । यसभन्दा धेरै राम्रो गाउनु छ ।’ उनले अर्का गायक अमन प्रधानसँग मिलेर ‘आलोप’ गाइन् । उक्त गीतमा उनको मोडलिङ पनि देख्न सकिन्छ । त्यो गीत युट्युबमा त्यत्तिकै हिट भयो ।
फिल्ममा समेत खेल्न ‘अफर’axata_akshata_adhikari (9)
त्यसो त उनलाई चलचित्रमा अभिनयको अफर पनि नआएको होइन । आफूलाई दुईओटा चलचित्रमा अफर आएको उनी बताउँछिन् । ‘उहाँहरूलाई मैले अभिनय गर्नसक्छु भन्ने पनि थाहा छैन होला तर फिल्मको अफर गर्नुभयो,’ उनी भन्छिन्, ‘तर म बच्चै थिएँ । बाबा मम्मीले ऊ सानै छे भन्नुभयो ।’ यद्यपि भविष्यमा अभिनय गर्न रुचि भएको उनी बताउँछिन् ।
उनलाई नेपाली संगीत क्षेत्रमा आफूलाई स्थापित हुन गाह्रो छ भन्ने लाग्दैन । भन्छिन्, ‘नयाँ कलाकारलाई यहाँ स्थापित हुन सजिलो छ तर हामीसँग फरक खालको ट्यालेन्ट हुन जरूरी छ । यहाँ थुप्रै कलाकार हुनुहुन्छ । उहाँहरूले आफ्नो कलालाई प्रस्तुत गर्ने अवसर पाउनुभएको छैन ।’
फेसबुकमा फेक आइडीaxata_akshata_adhikari (2)
नेपाली संगीतलाई नजिकबाट बुझ्ने प्रयास गर्दैछु भन्ने उनका प्रशंसकहरू पनि प्रशस्तै छन् । फेसबुकमा एड गर्न नमिल्ने गरी साथी भइसकेका छन् भने उनलाई प्रशंसा गरेर थुप्रै म्यासेजहरू नियमित आउने गरेको उनी बताउँँछिन् । आफ्नो नाममा थुप्रै नक्कली एकाउन्ट भएपनि आफ्नो फ्यान पेजमा आउने म्यासेजले आफूलाई खुशी लाग्ने उनी बताउँछिन् । भन्छिन्, ‘धेरैजनाले मेरो गायन मन परेको भन्दै म्यासेज पठाउनुहुन्छ । कोही–कोहीले त नराम्रा कमेन्ट समेत गर्छन् ।’
मेरो बहुरूप
कतिले अक्षतालाई सेलेना गोमेजसँग तुलना गर्छन् । उनी भन्छिन्, ‘केही मान्छेहरूले मलाई सेलेना गोमेजको जस्तो अनुहार भएको समेत बताएका छन् ।’ कसैले उनको स्वर बिछट्टै मन परेको बताउँछन् । कसैले अभिनय र व्यवहार दुवै मन परेको बताउँछन् । उनलाई बुवाले स–साना गल्तीलाई पनि नोट गर्ने र त्यसलाई सुधार्न भन्ने गरेको बताउँछिन् ।
अक्षतालाई स्टेजमा गाउनका समेत बेलाबेला निम्ता आउँछ । पोखरा र काठमाडौंमा उनले ‘लाइभ’ कार्यक्रम प्रस्तुत गरेकी छिन् । ‘मैले पोखराको लेक साइडमा दुईपटक स्टेजमा गाइसकें तर काठमाडौंमा त कतिचोटि गाएँ, भुलिसकें ।’ उनी थप्छिन्, ‘स्टेजमा गाउने बेला मलाई सधंै डर लाग्छ तर दर्शकले गाइसकेपछि राम्रो छ भनेर प्रतिक्रिया दिँदा आफंैलाई अचम्म लाग्छ ।’
म त बच्चै छुaxata_akshata_adhikari (1)
१६ वर्षे उनलाई ‘चल्तीको प्रेम’का बारेमा प्रश्न सोधियो । उनी आफूलाई ‘प्रेमको अनुभव नभएको’ बताउँछिन् । आफ्ना साथीहरूसँग खुबै मिल्ने अक्षता प्रेमका बारेमा सोच्ने उमेर नै नभएको ठान्छिन् । ‘प्रेमको बारेमा मलाई कसरी थाहा होस् ? म त अझै बच्चै छु ।’ उनी हाँस्दै भन्छिन्, ‘एकपटक माइक्रोमा रोमान्टिक प्रेम गीत बज्यो । त्यसबेला उक्त गीतमा मैले चाहिँ कसको कल्पना गरूँझंै लाग्यो र आफैंदेखि हाँसो लाग्यो । पछि मैले मेरा साथीहरूलाई पालैपालो सम्झें ।’
आदर्श र नशा
उनी स्टिभी वन्डरलाई आफ्नो आदर्श गायकका रूपमा लिन्छिन् । भन्छिन्, ‘उहाँ आँखा देख्नुहुन्न तर यति राम्रो गाउनुहुन्छ कि म उहाँको लाइभ कन्सर्टमा गएँ भने त मर्छु होला ।’
संगीत के हो ? अक्षता भन्छिन्, ‘संगीत नशाजस्तै हो । हँसाउन पनि सक्छ, रुवाउन पनि सक्छ । जोड्न पनि सक्छ, छुटाउन पनि सक्छ ।
सपना
axata_akshata_adhikari (6)
उनको भविष्यको योजना संगीतमा लाग्ने नै हो तर उनलाई संगीतलाई नै भविष्य बनाउन सकिन्छ भन्ने पनि लाग्दैन । अभिनय, गायन र संगीतलाई एकसाथ अगाडि बढाउन चाहेकी अक्षतालाई उनका बुवाआमाको साथ सधैं मिल्छ भन्ने लाग्छ । उनी भन्छिन्, ‘आफूले जे गर्छु, त्यो राम्रो गर्न सकुँ भन्ने लाग्छ । मेरो बाबा ममीले पनि सधैं यही सपना देखिरहनुहुन्छ ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x