०३ साउन २०८३, आइतबार

तारकेश्वरका अमिन चौलागाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मंसिर ५, २०८१
काठमाडौं
तारकेश्वरका अमिन चौलागाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको तारकेश्वरका अमिन ईश्वरचन्द्र चौलागाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

करारका कर्मचारी चौलागाईंले सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रवक्ता घिमिरेका अनुसार जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि चौलागाईंले सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएका थिए । उनलाई आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको थियो ।​

चौलागाईंलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा २० हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको हो ।

salt training

कमेन्ट गर्नुहोस्