०३ साउन २०८३, आइतबार

दुवै लाइसेन्स नवीकरण भएसँगै थप विश्वसनीय बन्यो वर्ल्डलिंक

मंसिर १८, २०८१
काठमाडौं
दुवै लाइसेन्स नवीकरण भएसँगै थप विश्वसनीय बन्यो वर्ल्डलिंक

​विगत २९ वर्षदेखि सेवा दिँदै आएको वर्ल्डलिंक कम्युनिकेसन्स थप विश्वसनीय बन्दै गएको छ ।

नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक दुवै लाइसेन्स नवीकरण गरेसँगै संस्थाको विश्वसनीयता र क्षमता थप बलियो बनेको कम्पनीले जनाएको छ ।

'यस वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड विगतदेखि मर्मत सम्भार शुल्कसम्बन्धी मुद्दामा संवैधानिक हकको उपयोग गर्दै कानूनी प्रक्रियामा संलग्न रहेको र आगामी दिनहरूमा पनि आफ्नो संवैधानिक हकको पूर्णरूपमा प्रयोग गर्न सक्ने कुरा यहाँहरूलाई सर्वविदित नै छ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ,' 'उपरोक्त मुद्दामा सम्मानित सर्वोच्च अदालतको निर्णय आएसँगै यो मुद्दाको एउटा मात्र कडी समाप्त भएको छ र सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै यस संस्थाले आफ्नो कानूनी दायित्व पूरा गरिसकेको छ।'

संस्थालाई भरोसा दिलाउने र भरोसा गर्ने ग्राहकप्रति कम्पनीले आभार प्रकट गरेको छ ।

'प्रत्यक्ष-अप्रत्यक्ष सघाउनुहुने, चासो राखे र सहयोग गर्ने सम्पूर्ण जनलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं। साथ साथै नेपालको कानुन प्रणाली, सम्मानित अदालत, नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल सरकारसँग सम्बद्ध संस्थाहरू, सम्पूर्ण कानून व्यवसायीहरू, एउटै क्षेत्रमा संलग्न निजी इन्टरनेट सेवा प्रदायकहरू तथा हितैषी र शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्दछौं,' विज्ञप्तिमा भनिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्