१० साउन २०८३, आइतबार

अख्तियार प्रवक्ताको जिम्मेवारी सहसचिव पौडेललाई

फागुन २५, २०८१
काठमाडौं
अख्तियार प्रवक्ताको जिम्मेवारी सहसचिव पौडेललाई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव राजेन्द्र कुमार पौडेलले पाएका छन् । 

यसअघिका प्रवक्ता, सहसचिव नरहरि घिमिरेको गृह मन्त्रालयमा सरुवा भएपछि सहसचिव पौडेललाई आयोगको प्रवक्ताको जिम्मेवारी दिइएको हो । 

आइतबारदेखि पौडेललाई प्रवक्ता तोकिएको आयोगले जनाएको छ । 

प्रवक्तासँग सम्पर्क गर्नका लागि ०१-५२६२२३०, ९८५१२३३२८१ नम्बरमा फोन गर्न सकिने आयोगले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्