०३ साउन २०८३, आइतबार

विदेश पढ्न जानेहरूसँगै सात महिनामा बाहिरियो ६४ अर्ब १५ करोड

फागुन २६, २०८१
काठमाडौं
विदेश पढ्न जानेहरूसँगै सात महिनामा बाहिरियो ६४ अर्ब १५ करोड

सात महिनामा उच्च शिक्षाका नाममा नेपालबाट ६४ अर्ब १५ करोड रूपैयाँ बाहिरिएको छ ।

चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघसम्म) नेपाली विद्यार्थीमार्फत् उच्च शिक्षा अध्ययनका नाममा ६४ अर्ब १५ करोड रूपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकका अनुसार माघ महिनासम्म सेवा खाता अन्तर्गत भ्रमणमा १ खर्ब १५ करोड रूपैयाँ बाहिरिएको छ । जसमध्ये शिक्षातर्फ मात्रै (उच्च शिक्षाका लागि विदेश पढ्न जान लाग्ने खर्च) ६४ अर्ब १५ करोड रूपैयाँ बाहिरिएको छ । गत वर्षको सात महिनामा ६६ अर्ब ६४ करोड रूपैयाँ यस्तो उच्च शिक्षाका लागि बाहिरिएको थियो ।

गत आर्थिक वर्ष २०८०/८१ भर वैदेशिक अध्ययनका नाममा १ खर्ब २५ अर्ब १३ करोड रूपैयाँ बाहिरिएको थियो । नेपालबाट बर्सेनि लाखौं विद्यार्थीले वैदेशिक अध्ययनका लागि एनओसी लिने गरेका छन् । शिक्षा मन्त्रालयका अनुसार नेपालबाट ५६ राष्ट्रमा विद्यार्थी जाने गरेका छन् ।

पछिल्लो तथ्यांक अनुसार सबैभन्दा बढी विद्यार्थी जापान जाने गरेका छन् । त्यसपछि यूके (बेलायत), संयुक्त राज्य अमेरिका, अस्ट्रेलियालगायत ५६ राष्ट्रमा अध्ययनका लागि नेपाली विद्यार्थी जाने गरेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।

नेपालबाट अस्ट्रेलिया, जापान, कोरिया, डेनमार्क, इजरायल, ओमान, भारत, चीन, साइप्रस, अमेरिका, क्यानडा, न्युजिल्यान्ड, रुस, थाइल्यान्ड, मंगोलिया, श्रीलंका, इजिप्ट, रसिया, दुबई, स्पेन, सिंगापुर, टर्की, फ्रान्स, बंगलादेश, फिलिपिन्स, पाकिस्तान, पोल्यान्ड, रोमानियालगायत ५६ राष्ट्रमा अध्ययनका लागि विद्यार्थीले अनुमति पत्र लिने गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्