०२ साउन २०८३, शनिबार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

चैत ७, २०८१
काठमाडौं
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदी तोलामा रु १५ ले घटेको छ । 

सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।

बुधबार प्रतितोला रु एक लाख ७६ हजारमा कारोबार भएको सुनको मूल्यमा आज कुनै घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेर रु दुई हजार ३० निर्धारण भएको छ ।

बुधबार सोही परिमाणको चाँदी  रु दुई हजार ४५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्