×

NMB BANK
NIC ASIA

सांकेतिक भाषाको मतदाता शिक्षा दिन बहिरा मतदाताको माग

मंसिर ११, २०७४

NTC
Premier Steels

मोरङ (सुन्दरहरैचा), ११ मंसिर — अमर लिम्बू उमेरले ४६ वर्ष पुगे । मोरङको  सुन्दरहरैचा – ६ का लिम्बूले चारपटक चुनावमा भोट पनि हालेका छन् । तर यसपटकको चुनावमा भोट हाल्न  भने धेरै असहज भएको लिम्बू बताँउछन् । 

‘अरूबेला चुनावमा एउटा वा दुईटा कागजमा छाप लगाउँदा मिल्थ्यो, अहिले चारवटा छ भन्छन्’, सांकेतिक भाषा सहायकको सहायताले बोलेका लिम्बूले भने, ‘अब चुनावमा चारवटामा कता कता भोट हाल्ने, कुनमा हाल्ने केही थाहा छैन ।’ 

अमर लिम्बू जस्तै दुखेसो छ मोरङकै २१ वर्षीय निश्चल श्रेष्ठको । मधुमल्ला मोरङका बासिन्दा श्रेष्ठले स्थानीय चुनावमा भोट हालेपछि पहिलोपटक चुनावमा भोट हाल्दैछन् । स्थानीय चुनावमा हालेको भन्दा फरक तरिकाले मत हाल्नुपर्ने सुनेका श्रेष्ठलाई कसरी कुन कुन तरिकाले भोट हाल्ने केही पनि थाहा छैन । 

Muktinath Bank

‘कुनै पनि टीभी र पत्रिकामा सांकेतिक भाषामा भोट हाल्ने सिकाएको छैन’, मोरङको सुन्दरहरैचास्थित गोकुलम रिसोर्टमा वेटर जागिरसमेत गर्दै आएका श्रेष्ठले सांकेतिक भाषा सहायकको साथमा बोल्दै भने, ‘राम्रोसँग टीभीमा र पत्रिकामा सांकेतिक भाषामा भोट हाल्न सिकाएमा सबै थाहा हुन्छ ।’ 

अमर र निश्चल त साक्षर भएपनि चारवटा मतपत्रमा भोट हाल्नुपर्नेमा असहज मानिरहेका छन् । अझ हरियो, कालो र रातो तीन रंगका चार मतपत्र हुने हुनाले झनै असहज भएको उनीहरूको भनाइ छ । 

धेरै नपढेका र साक्षरसम्म नभएका बहिरा मतदाताहरूलाई यो चुनावी मतदान प्रक्रिया नै जानकार नहुने बताउँदै अमर भन्छन्, ‘फेसबूकमा पनि मतदान गर्ने तरिकाको सांकेतिक भिडियोको मतदाता शिक्षा दिएभने राम्रो हुन्छ ।’ 

निश्चल त बहिरा मतदातालाई भोट दिन र सही उम्मेदवार छान्न अर्को उपाय सुझाउँछन् । हरेक दिन टीभीमा वा कुनै अनलाइनमा सांकेतिक भाषामा चुनावी जानकारीहरू दिएमा आफूहरूलाई सहज हुने श्रेष्ठको तर्क छ । 

निर्वाचन आयोगले बनाएको मतदाता शिक्षा र चुनावी भिडियोहरूमा कतै पनि सांकेतिक भाषाको प्रयोग भएको छैन । साक्षरहरूले अक्षर पढेपनि पूर्ण जानकारी भने प्राप्त नगर्ने स्वयं बहिरा मतदाता बताउँछन् । 

२०६८ सालको जनगणनाअनुसार, नेपालको कुल जनसंख्याको २ प्रतिशत अर्थात् ५ लाख १३ हजार ३ सय २१ जनसंख्या अपांगता भएका छन् । अपांगता भएकाहरूमध्ये ठूलो हिस्सा बहिरा रहेको बताइन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x