०३ साउन २०८३, आइतबार

कुलमानलाई कार्यकारी राष्ट्रपति बनाउन माग गर्दै काठमाडौंमा प्रदर्शन

चैत २४, २०८१
काठमाडौं
कुलमानलाई कार्यकारी राष्ट्रपति बनाउन माग गर्दै काठमाडौंमा प्रदर्शन

कुलमान घिसिङलाई कार्यकारी राष्ट्रपति बनाउन माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । 

नेपाल विद्युत प्राधिकरणबाट बर्खास्तमा परेका घिसिङलाई अब कार्यकारी राष्ट्रपति बनाउनुपर्ने मागसहित उनका समर्थकहरूले प्रदर्शन गरेका हुन् । 

सरकारले प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णयलाई चुनौती दिँदै घिसिङ सर्वोच्च अदालत गुहार्न पुगेका थिए । तर, अदालतले उनका पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गर्‍यो ।

अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै घिसिङ सरकारमाथि खनिएका थिए । 

कुलमानका समर्थकहरूले भने सरकारको निर्णयको विरोध गर्दै दिनहुँजसो प्रदर्शन गरिरहेका छन् । सरकारले उनीमाथि प्रतिशोध साँधेको उनीहरूको आरोप छ । 

यही चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदमुक्त गरेर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्