![निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र शिक्षकबीच बानेश्वरमा झडप [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Teacher_protest_jhadap_with_police_qdQOKVzEK2.jpg)
काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ ।
यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आइतबार निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो ।
शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको छ । बल प्रयोगपछि शिक्षकहरूले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् ।
प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरासमेत प्रयोग गरेको छ । यसक्रममा एक दर्जनभन्दा बढी शिक्षक घाइते भएका छन् ।
शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका विभिन्न माग राखेर देशभरका सामुदायिक विद्यालयका शिक्षक गत चैत २० गतेदेखि काठमाडौंमा आन्दोलनरत छन्।








