
सरकारले वायुसेवा निगमलाई पुनर्संरचना गर्ने भएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै वायुसेवा निगमलाई थप प्रभावकारी बनाउने बताएका हुन् ।
त्यस्तै, नागरिक उड्डयन क्षेत्रलाई थप प्रभावकारी बनाउने र हवाई सेवा पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहभागिता बढाइने राष्ट्रपति पौडेलको भनाइ छ ।
'वायुसेवा निगमको पुनर्संरचना गरिनेछ । नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयकलाई संसदको यही अधिवेशनबाट पारित गरिनेछ,' राष्ट्रपति पौडेलले भने ।
आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले वाचन गरेका हुन् ।