×

NMB BANK
NIC ASIA

विराटनगर, १५ मंसिर–विराटनगरको महेन्द्र चोक । चोक छेउमा रहेको बेनामे चिया पसल । मध्य मंसिरको चिसो विहानीमा तातो चिया पिउँदै गरमागरम चुनावी बहसमा होमिएका केही जोडी तन्नेरीहरु । तन्नेरीका माझमा थिए एक काका पनि । 

Muktinath Bank

‘यो पालि त कांग्रेसको गढ ढल्ला जस्तो छ काका !,’ टेवलको बायाँ छेउमा बसेका तन्नेरीले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘तिमि बच्चाहरुले भनेर हुन्छ ? तिमिले के राजनीति बुझेछ रे ?’ उमेरले ४० कटेका जस्ता देखिने काका बोले । 


Advertisment
Nabil box
Kumari

‘हैन काका यो पालि लालबाबु उठेका छन् । त्यसमाथि माओवादी पनि पिछामा छ । कांग्रेसलाई गाह्रो छ नि !’ काट्न बिर्सेको जस्तो दाह्री भएका अर्का तन्नेरी टेबलको  देब्रे छेउबाट बोले ।

Vianet communication

‘गर्छ तिम्रो लालबाबुले । कांग्रेस भनेको कांग्रेस हो । बुझे छैन क्या तिमेरुले,’ भतिजाहरुको कुरा मान्ने पक्षमा थिएनन् काका ।    

००००

ढल निर्माणका लागि खनिएको सडक । सडकबाट बेग्रेल्ती उड्ने धुलो र अव्यवस्थित सवारी चाप । अहिलेको बिराटनगरले काठमाडौंको याद दिलाउँछ । 

तर यहाँका जनताको ध्यान सडक कहिले बन्ला भन्नेभन्दा पनि अबको चुनाव कसले जित्ला भन्नेमा बढी केन्द्रित भएको जस्तो आभास हुन्छ । हरेक चोक र चिया पसलमा कांग्रेसको गढ र वामपन्थी गठवन्धनका चर्चा हुन्छन् । 

पाकाहरु सोध्छन्, शेखर बाबुको के होला ? 

तन्नेरीहरुको चिन्ता छ, लालबाबुले चुनाव जित्लान कि नजित्लान् ? 

पाका कांग्रेसीहरु शेखर कोइरालाले बिरासत जोगाउलान् भनेर भरोसा खोज्छन् । तन्नेरीहरु लालबाबुले इतिहास रच्ने सपना देख्छन् ।

राजपा र संघीय फोरमका शुभ चिन्तक पनि कम छैनन् विराटनगरमा । उनीहरु पनि आफूअनुसारको सपना देख्छन् । एकहिसावले भन्दा सबैका आ–आफ्नै सपना र चाहना छन् । 

काठमाडौंपछि मोरङमा देशकै सबैभन्दा बढी ६ वटा निर्वाचन क्षेत्र छन् ।
१ लाख ५६ हजार ९ सय ८६ जनसंख्या रहेको मोरङ ६ मा सुन्दरहरैचा नगरपालिकाको २, ३, ४, ५, ६ र ७ नम्बर वडा, बुढीगंगा गाउँपालिकाका सबै वडा र विराटनगर महानगरपालिकाका ४, ५, ६, ७, ९ र ११ नम्बर वडा पर्छन् । 

कांग्रेसको ‘गढ’मा शेखरलाई ढुक्क

२००४ सालमा गिरिजाप्रसाद कोइरालाको अगुवाइमा विराटनगर जुट मिलमा भएको मजदुर आन्दोलनका कारण कांग्रेसको राजनीतिक इतिहाससँग विराटनगरलाई जोडिन्छ । त्यसैले विराटनगरलाई कांग्रेसको गढ पनि भनिन्छ । यस पटकको चुनावमा पनि मोरङ क्षेत्र नम्बर ६ का लागि विराटनगर महानगरपालिकाका ६ वटा वडा निर्णायक बन्नेछन् । 

मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसबाट शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन् । विपी कोइरालाका भतिजा शेखरलाई यसपटक कांग्रेसको गढमा कोइराला परिवारको बिरासत जोगाउनुपर्ने चुनौति छ ।  

लामो समय चिकित्सा पेशामा संलग्न शेखरले राजनीतिमा सक्रिय भएर लागेको धेरै भएको छैन । तर पनि उनी नेपाली कांग्रेसको इतिहाससँग जोडिएको मोरङ क्षेत्र नम्बर ६ मा आफूलाई अब्बल र जीत सुनिश्चित भएको उम्मेदवार ठान्छन् । 

बुधवार (मंसिर १४ गते) लोकान्तरकर्मी विराटनगरको अस्पताल लाइनमा रहेको कोइराला निवास पुग्दा शेखर एक बिरामीको मुटुको एक्सरे हेर्दै थिए । स्थानीय अस्पतालमा उपचार सम्भव नभएर थप उपचारका लागि दिल्ली जान लागेका ती बिरामीको लागि शेखरले एउटा सिफारिस पत्र पनि लेखिदिए ।  

‘हेर्नुहोस् मानिसहरु मप्रति आश राखेर आउँछन् भने मैले गर्दिन्, सक्दिन् पनि भन्न मिल्दैन्,’ चुनावी चटारोका बीच बिरामीलाई समय दिनुपरेको अवस्थाबारे शेखरले लोकान्तरलाई भने, ‘उहाँलाई मुटुको समस्या रैछ । मैले केही सहयोग गर्दा उहाँको भलो हुन्छ भने राम्रै भो नि !’

चुनावी तायारीबारे जिज्ञासा राख्दा शेखरले आफू जित्नेमा ढुक्क रहेको प्रतिक्रिया दिए । ‘यो कांग्रेसको गढ हो । यहाँ मैले नजितेर हुन्छ ?’ शेखरको भनाइ थियो । 

उनीविरुद्ध मोरङ क्षेत्र नम्बर ६ मा अन्य ९ जना उम्मेदवार छन् । तर शेखर भने आफनो जीत पक्का भएको दाबी गर्छन् । ‘उम्मेद्वारी त सवैले चुनाव जित्नकै लागि भनेर दिने हो । तर यहाँको हकमा मैले नै चुनाव जित्ने हो । यसमा म ढुक्क छु,’ शेखरले भने । 

लालबाबु पनि ‘कम’ छैनन्

स्थानीय तह निर्वाचनको मतपरिणामको गणितअनुसार मोरङ ६ मा नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठवन्धन नेकपा एमाले र माओवादी केन्द्र लगायतको वामपन्थी गठवन्धनभन्दा करिब ९ हजार मतले अगाडि छ । मोरङ ६ मा लोकतान्त्रिक गठवन्धनको ३५ हजार मत छ भने वामपन्थी गठवन्धनको २६ हजार बढी मत छ । 

स्थानीय तह निर्वाचनमा प्राप्त मतपरिणामको गणितले वाम गठवन्धन कमजोर रहे पनि लालबाबू पण्डितको ‘व्यक्तित्व’ले पनि मत तान्ने मतदाताको अनुमान छ । 

लालबाबु पण्डित प्रत्येक मतदाताको घर पुगेर मत मागिरहेका छन् । भेटिनेको घरमा र नभेटिनेको खेत–बारीमै भएर पनि लालबाबुले आफूलाई मतदान गर्न आग्रह गरिरहेका छन् । 

लालबाबुलाई शहरी क्षेत्रमा भेटाउन नै मुस्किल हुन्छ । किनकी उनी ग्रामिण क्षेत्रमा बढी सक्रिय भएका छन् । दैनिक मजदुरी गरेर गुजारा चलाउने वर्गका जनताका बीच लालबाबूको लोकप्रियता बढी छ । 

नतिजा उल्टाउन अरु पनि छन् 


मोरङ क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभा सदस्यका लागि १० जनाको उम्मेदवारी परेको छ । जसमध्ये राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमका उम्मेदवारले नतिजा नै उल्टाउने हैसिय राख्ने मतदाताको भनाइ छ । 

राजपाका उम्मेदवार तवरेज अखतर आलम मधेस आन्दोलनका बेला बिराटनगरमा चर्चामा रहेको नाम हो । खासगरी मुस्लिम समूदायमा उनको प्रभाव रहेको बताइन्छ । 

यस्तै संघीय समाजवादी फोरमका उम्मेदवार राजेश्वर विश्वास पनि मतपरिणाम उल्टाउने निर्णायक पात्र बन्ने  धेरैको आकलन छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x