२२ असार २०८३, सोमबार

राप्रपाको युवा संगठनका संयोजक केसीलाई रिहा गर्न सर्वोच्चको आदेश

जेठ ७, २०८२
काठमाडौं
राप्रपाको युवा संगठनका संयोजक केसीलाई रिहा गर्न सर्वोच्चको आदेश

राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय संयोजक सुजित केसीलाई रिहा गर्न  सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

केसीका तर्फबाट जारी भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बुधबार न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले केसीलाई कानून व्यवसायीको जिम्मा लगाउने आदेश गरेको हो ।

‘उहाँलाई कानून व्यवसायीको रोहबरमा आफन्तको जिम्मा लगाएर मुद्दाको बाँकी प्रक्रिया अघि बढाउने गरी बन्दी प्रत्यक्षीकरणको रिट जारी भएको छ’, सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले लोकान्तरलाई भने । 

सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई गैरकानूनी थुनामा राखिएको भन्दै अधिवक्ता राजकुमार श्रेष्ठले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए ।

केसीले कांग्रेस सभापति शेरबहादुर देउवाका पुत्र जयवीरसिंह देउवाको विषयमा सामाजिक सञ्जालमा लेखेको विषयमा उजुरी परेको थियो । त्यही उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्