×

NMB BANK
NIC ASIA

प्रत्यक्षदर्शीको भनाइ – चार पाइला छिटो नहिँडेको भए गगनले टेकेको ठाउँमा बम पड्कन्थ्यो (भिडियोसहित)

बम पड्कँदा दुईचारजना बाँकी रहेनौं भन्ने लाग्यो

मंसिर १८, २०७४

NTC
Premier Steels

काठमाडौं, १८ मंसिर– चुनावी प्रचार प्रसारको अन्तिम दिन काठमाडौं क्षेत्र नम्बर चारका प्रतिनिधिसभाका उम्मेदवार गगन थापा आफ्ना सहयोगीको साथमा चुनावी घरदैलोमा थिए । 

Muktinath Bank

समर्थकहरुका साथमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा घरदैलो अभियानको क्रममा गगन विहान १२ बजे चपलीमा पुगेका थिए । १२ बजेसम्ममा घरदैलो अभियान सक्ने योजना अनुरुप छिटो छिटो हिड्दै थिए गगन । 
‘चपलीमा पुगेपछि गगन थापा अबको एक घण्टामा घरदैलो सिध्याउनु पर्छ है मसँगै छिटो हिड्नुस् है भन्दै छिटो छिटो हिड्दै हुनुहुन्थ्यो ।‘ वम विस्फोट हुँदा गगनसँग रहेका काठमाडौं क्षेत्र नम्बर तीनका समानुपातिक उम्मेदवार भूक्ष्य नारायण श्रेष्ठले लोकान्तरसँग भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी हिड्दै थियौ । एक्कासी ठूलो आवाज आयो । गगन र हामी भएको ठाउँमा धुँवा उड्यो, त्यो आवाज र ठाउँको अवस्था हेर्दा दुई चार जना बाँकि रहेनौं भन्ने लाग्यो । हामी सबै आत्तियौ ।’ चार पाइला छिटो नहिडेको भए गगन थापाले टेकेको ठाउँमा बम हुने रैछ ।’


Advertisment
Nabil box
Kumari

बम विस्फोट पछि गगन र उनका सहगोगीहरुलाई शिक्षण अस्पताल ल्याइयो ।

Vianet communication

सुनियोजित रुपमा गगन थापालाई लक्षित गरी रिमोट बम प्रहार गरेको बम विस्फोटका प्रत्यक्षदर्शी श्रेष्ठले दाबी गरे । 

उनले भने,‘हाम्रो कार्यक्रम ११ बजेबाट भनेर हामीले माइक गरेका थियौं । गगन आउँन एक घण्टा ढिला भयो गगनजी १२ बजे आइपुग्नु भयो । यो सुनुयोजित रुपमा गगनलाई नै लक्षित गरेर रिमोट बम हानिएको हो ।’

गगनले काठमाडौं क्षेत्र नम्बर चारमा जित्ने डरले कायरतापूर्ण तरिकाले बम प्रहार गरिएको बम विस्फोट भएको स्थलमै रहेका कांग्रेस कार्यकर्ता भोलानाथ रिजालले बताए । ‘ गगन जी र म करिव ५० पाइलाको फरकमा थियौ । एक्कासी बम पड्कियो । रिजालले भने,‘ हामीलाई फलो गरेर । गगन थापालई सिध्याउने उदेश्यले उहाँमाथि आक्रमण गरीएको हो ।’

बम विस्फोटमा परेका गगन थापाको कान र ढाडमा चोट लागेको छ । उनीसंगै चुनावी प्रचारमा रहेका उनका ११ जना सहयोगीहरु घाइते भएका थिए । 

गगनलाई अस्पताल पुर्‍याएसंगै  नेपाली कांग्रेसका कार्यकर्ता र शुभेच्छुकहरुको भीडले शिक्षण अस्पताल परिसर केही समय अस्तव्यस्त बन्यो ।

आफ्नो उपचार पछि गगनले आफूँसंगै बम आक्रमणमा परेका सहयोगीहरुलाई भेट्न शिक्षण अस्पतालको आकस्मिक कक्षतर्फ लागे । उपचार पछि बाहिर निस्कदा गगनको कानमा पट्टि बाधिएको थियो । रातो रातो अनुहारमा

मलिन देखिएका गगनलाई हेर्ने उनका सुभेच्छुकको निकै ठूलो भीड थियो । भीडलाई नियन्त्रण गर्दै सुरक्षाकर्मीको घेरामा रहेर गगनले घाइते भएका कार्यकर्तालाई भेटेर घर फर्किए ।

उनी उपचार पछि घर फर्किएका छन् भने अन्य १० घाइतेहरुको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ती मध्ये चार जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x