
आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि शुक्रबार प्रतितोला सुन १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि आइतबार घटेको छ । शुक्रबार प्रतितोला २ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ रुपैयाँ घटेर २ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।