
सोमबारको तुलनामा नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार रुपैयाँ कायम भएको छ ।
सोमबार सोही परिमाणको पहेँलो धातु रु एक लाख ९० हजार ६०० मा खरिदबिक्री भएको थियो ।
चाँदीको मूल्यमा पनि केही फेरबदल भएको छ । आज एक तोला चाँदी रु दुई हजार १५० मा कारोबार भइरहेको छ । सोमबार एक तोला चाँदी रु दुई हजार १६५ मा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार ३१६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।