०६ साउन २०८३, बुधबार
मध्यपूर्वमा शान्तिको आशा पलायो

१२ दिनको युद्धपछि विराम: इरान-इजरायलमा कति क्षति भयो, दीर्घकालीन शान्तिमा अझै आशंका ?

असार ११, २०८२
काठमाडौं
१२ दिनको युद्धपछि विराम: इरान-इजरायलमा कति क्षति भयो, दीर्घकालीन शान्तिमा अझै आशंका ?

१३ जुनको राति इजरायलले अचानक इरानमा हवाई आक्रमण गरेपछि पश्चिम एसियामा नयाँ युद्धको शुरूआत भएको थियो । आणविक डरसँग जुधिरहेका दुई शत्रुहरूबीचको द्वन्द्व डेढ सातामा चरम सीमामा पुग्यो । त्यसपछि दुवै देशले एकअर्कामाथि घातक आक्रमणहरू गरे । यी आक्रमणहरूमा ठूलो जनधनको क्षति भयो तर, पछि हट्न कोही तयार थिएनन्। 

इरानले तेल अभिभजस्ता इजरायलका प्रमुख शहरहरूलाई निशाना बनायो, जबकि इजरायलले आफ्नो सम्पूर्ण शक्ति इरानी कमान्ड र आणविक संरचनाहरू नष्ट गर्नमा लगायो । दुई देशबीचको युद्ध चलिरहँदा अमेरिका पनि प्रत्यक्ष सामेल भयो । 

इरानका तीन आणविक सुविधाहरूमा अमेरिकी आक्रमणपछि इरानले कतारमा रहेको अमेरिकी अड्डालाई निशाना बनायो। यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशहरू बीच युद्धविरामको घोषणा गरे । ट्रम्पको घोषणासँगै १२ दिनको युद्ध अहिले रोकिएको छ ।

१२ दिनमा कति क्षति भयो ? 
इरान र इजरायलबीचको युद्धमा दुवै देशले आफ्ना सबैभन्दा घातक हतियारहरू प्रयोग गरे, जसका कारण दुवै देशमा ठूलो विनाश भयो। यो युद्ध क्षेप्यास्त्र र ड्रोनमा सीमित थिएन, साइबर आक्रमण, आणविक अड्डा र सैन्य अड्डाहरूमा आक्रमणसम्म पुग्यो। यस युद्धमा इरानले सबैभन्दा ठूलो क्षति बेहोरेको छ। 

जुन १३ मा इजरायलले 'राइजिङ लायन' नामक गोप्य अपरेशनअन्तर्गत इरानका धेरै महत्त्वपूर्ण सैन्य र आणविक अड्डाहरूलाई निशाना बनाएको थियो। कम्तिमा २०० भन्दा बढी इरानी सैनिक, प्राविधिक विज्ञ र वरिष्ठ क्रान्तिकारी गार्ड अधिकारीहरू मारिएका थिए । यसमा केही शीर्ष वैज्ञानिकहरूको पनि मृत्यु भएको थियो । यस बाहेक धेरै अड्डाहरू ध्वस्त भए।

जुन २३ मा एक मानव अधिकार समूहले इरानमा इजरायली आक्रमणमा कम्तिमा ९५० जना मारिएको र ३ हजार ४५० जना घाइते भएको बताएको थियो। वाशिंगटनस्थित मानव अधिकारकर्मीहरूको समूहले सम्पूर्ण इरानको तथ्याङ्क प्रस्तुत गरेको छ। मृतकहरूमा ३८० नागरिक र २५३ सुरक्षा बलका कर्मचारीहरू समावेश छन्। 

शनिबार इरानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा लगभग ४०० इरानीहरू मारिएको र ३ हजार ०५६ जना घाइते भएको बताएको थियो। इरानले द्वन्द्वको समयमा नियमित मृत्युको संख्या दिइरहेको छैन र विगतमा हताहतको संख्यालाई कम आँकलन गरेको छ । 

इरानका धेरै शीर्ष सैन्य कमाण्डरहरू, आणविक वैज्ञानिकहरू, नागरिकहरू इजरायली आक्रमणमा मारिएका थिए । 

इरानले इजरायलमा हजारौं घातक आक्रमणहरू गर्‍यो । यीमध्ये धेरैजसो इजरायलको बलियो वायु रक्षा प्रणाली आइरन डोम, 'डेभिड्स स्लिङ' र 'एरो सिस्टम'द्वारा हावामा नष्ट गरिएका थिए। यद्यपि, केही मिसाइल र ड्रोनहरू आवासीय क्षेत्रहरूमा खसेका थिए, जसले गर्दा इजरायलमा पनि धेरै क्षति भएको थियो। २५ भन्दा बढी व्यक्तिको मृत्यु भएको र २०० भन्दा बढी घाइते भएको रिपोर्ट गरिएको छ । 

अस्पतालहरू (सोरोका), आवासीय भवनहरू, रक्षा मन्त्रालय, पूर्वाधारहरूमा ठूलो क्षति पुगेको छ, जसले गर्दा हजारौं मानिसहरू अस्थायी रूपमा घरबारविहीन भएका छन्। साथै, इरानको मिसाइल आक्रमणका कारण इजरायलको वेइजम्यान इन्स्टिच्युट अफ साइन्समा ठूलो क्षति पुगेको छ। वेइजम्यान इन्स्टिच्युट अफ साइन्समा भएको क्षतिलाई इजरायलको लागि ठूलो धक्का मानिएको छ। 

युद्धविरामको दीर्घकालीनतामा शंका
ट्रम्पले मध्यपूर्वमा १२ दिन लामो युद्धलाई नाटकीय युद्धविरामको साथ अन्त्य गर्ने प्रयास गरेका छन् । उनले यो युद्धलाई '१२ दिनको युद्ध' नाम दिए र यसलाई टीभी सिरियलको अन्त्यजस्तै प्रस्तुत गरे । तर, सोमबार राति ट्रम्पले इजरायल र इरानबीच युद्धविरामको घोषणा गरेलगत्तै दुवै देशले एकअर्कामाथि आक्रमण गरेका थिए । मंगलबार बिहान ट्रम्पले दुवै देशलाई हप्काए र अहिलेको लागि दुवै देशले आक्रमण रोकेका छन्।

तत्काललाई युद्धविराम भए पनि यो दीर्घकालीन हुने शंका छ । किनभने अमेरिका, इजरायल र इरानबीचको विवादका मुद्दाहरू समाधान भएका छैनन् । यो युद्धविराम कति समयसम्म रहनेछ भन्ने कुरा स्पष्ट छैन। इरानको आणविक कार्यक्रमको कति भाग आक्रमणबाट बच्यो भन्ने प्रश्नहरू पनि छन् । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले इरानको आणविक कार्यक्रम 'पूर्ण रूपमा नष्ट' भएको दाबी गर्छन्, तर गुप्तचर संस्थाहरूले त्यसलाई खण्डन गरेका छन् ।

यो युद्धविरामले शान्ति ल्याउँछ वा थप रक्तपात निम्त्याउँछ भन्ने भन्न गाह्रो छ । आफ्नो आणविक अड्डाहरूमा आक्रमणपछि इरानको सरकार अझ कडा हुन सक्छ, जसले गर्दा दशकौं पुरानो क्षेत्रीय तनावको समाधान खोज्न गाह्रो हुनेछ । ट्रम्प हाल आफ्नो 'जोखिमपूर्ण' विदेश नीतिको विजय मनाइरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्