०३ साउन २०८३, आइतबार
संवैधानिक नियुक्तिविरुद्धको रिट

१० घण्टादेखि न्यायाधीशहरू छलफलमा, राति ९ बजेसम्म आएन फैसला

असार १८, २०८२
काठमाडौं
१० घण्टादेखि न्यायाधीशहरू छलफलमा, राति ९ बजेसम्म आएन फैसला

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगलगायत विभिन्न संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतले बुधबार निर्णय सुनाउँदैछ । 

प्रधानन्यायाधीश प्रकाशमान सिंह तथा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासले बुधबार ५२ पदाधिकारीको नियुक्ति सम्बन्धमा निर्णय सुनाउन लागेको हो । 

निर्णय सुनाउनु अघि सर्वोच्च संवैधानिक इजलासका न्यायाधीशहरू छलफलमा जुटेका छन् । झण्डै १० घण्टादेखि (बेलुका ९ बजेसम्म) पनि न्यायाधीशहरू छलफलमा छन् । 

निर्णय सुन्न रिट निवेदक वकिलहरू संवैधानिक इजलासमा कुरेर बसेका छन् । 

यसअघि जेठ २८ गते हुने भनिएकोमा आज असार १८ गतेका लागि निसु तोकिएको थियो । ढिलो भए पनि निर्णय आजै सुनाइने सम्भावना रहेको सर्वोच्च स्रोतले जानकारी दियो । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा २०७७ माघ र २०७८ असारमा विभिन्न संवैधानिक निकायमा नियुक्ति गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्